आधारभूत पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

Posted on: 15 Nov, 2016


प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । कोशी पहाडी जिल्लाकै पहिलो तीनजुरे टाइम्स दैनिकले तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सन्चालन गरेको आधारभूत पत्रकारिता सम्बन्धी ७ दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा सहभागीलाई पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले पत्रकारिता संवेदनशील पेशा भएको धारणा राख्नुभयो । उहाँले पत्रकारहरुले पशागत दायित्व पुरा गर्दा सामाजिक परिवेश र सिंगो मुलुकलाई आँच पु¥याउने गरी नलेख्न सुझाव दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले पत्रकारिता समाजकै सबैभन्दा सम्मानित पेशा भएको भन्दै प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुरालाई व्यवहारिक प्रयोग गर्दै जिल्लाको चौतर्फी विकासमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । कार्यक्रममा पुर्वसांसद तेजमान तुम्बाहाम्फेले नेपालमा संसारकै सर्वोत्कृष्ट संविधान जारी भइसकेको भन्दै त्यसको कार्यान्वयनमा पत्रकारहरुले विशेष निर्वाह गर्नुपर्ने बताउनुभयो ।

पत्रिकाका अध्यक्ष उद्धव तिम्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, एमाले जिल्ला सदस्य अर्जुन ढुंगाना, राप्रपा नेपालका केशव ढुंगाना, गैरसरकारी संस्था महासंघका जिल्ला सचिव सन्तोष तिगेला, तालिमका प्रशिक्षक ज्ञानेन्द्र निरौलाले मन्तव्य राख्नुभएको थियो । तालिममा तेह्रथुम र पाँचथरका १८ जना सहभागी थिए ।

तालिम घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र जिल्ला बन कार्यालयको सहयोगमा तीनजुरे टाइम्स दैनिकले आयोजना गरेको थियो । समापन कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र सन्चारकर्मी सहभागी थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!