सोपाल तमु समाजको २७ औं साधारणसभा सम्पन्न

Posted on: 17 Nov, 2016

मंसिर ०२, पोखरा । स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरौ शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले विहिवार आफ्नो २७ औं साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै तमु धिं नेपालका अध्यक्ष कर्मा गुरुङले सम्पुर्ण तमुहरु एक जुट भै आफ्ना हक, अधिकारको लागि अगाडि बढ्नु पर्ने आजको आवश्यकता भएको बताइन्  ।

कार्यक्रमा पुनरावेदन अदालत पोखराका न्यायधिश सत्यराज गुरुङले सम्पुर्ण सोपाल तमु समाजहरुलाई एकजुट भै अगाडी बढ्न सन्देश दिदै पर्यटकिय सम्भावना वोकेको आफ्नो गाउँ ठाउँलाइ प्रचार प्रसार गनु पर्ने बताए ।

साधारणसभामा आफ्नो मौलिक पहिचान तथा संस्कार, संस्कृती, परम्परा, भाषा, भेषभुषाको लागि एक जुट भै आफ्ना जातिको पहिचान संरक्षण गर्दै सोंपाल तमु  समाज,पोखराको भावी २१बुदे योजनाहरु प्रस्तुत गरि छलफल गरिएको थियो ।

मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षता सम्पन्न भएको साधारण सभामा सचिव इन्द्र गुरुङ र कोषाध्यक्ष सावित्री गुरुङले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्दै सम्पन्न भएको कार्यक्रममा समाजका लागी सहयोग गर्ने सहयोगी दाताहरुलाइ सम्मान पत्र र खाँदा लगाएर सम्मान  गरिएको थियो । त्यस्तै विभिन्न अक्षयकोष दाता, खेलाडीहरु, विद्यार्थीहरु, विभिन्न सामाजिक संघ संस्थाहरुमा सेवा पुर्याउने महानुभावहरुलाई समेत सम्मान गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!