भोजपुरमा भाडादर कायम नहुँदा स्थानीयवासी मारमा

Posted on: 18 Nov, 2016

मङ्सिर ३, भोजपुर । भोजपुर जिल्लाका शाखा सडकमा निश्चित भाडादर कायम नहुँदा स्थानीयवासी मारमा परेका छन् । 

सरकारले प्रतिकिलोमिटर १० रुपैयाँ ट्याक्सी भाडा निर्धारण गरेपनि जिल्लाका ट्याक्सी व्यवसायीले जथाभावी भाडा असुल्ने गरेको यात्रुको गुनासो छ । भोजपुरदेखि घोडेटार जाने ट्याक्सीलाई प्रहरीले प्रतिव्यक्ति पाँचसय ५० भाडा लिन निर्देशन दिएको थियो तर ट्याक्सीले घोडेटार पुगेपछि रु आठसय भाडा जबर्जस्ती तिर्न लगाएको दुम्मानाका केशर श्रेष्ठले बताउनुभयो । 

ट्याक्सी व्यवसायीका राजन राईले ग्रामीण सडकको अवस्था राम्रो नभएका कारण भाडा महँगो लिन बाध्य भएको जानकारी दिनुभयो । यसैबीच, सम्बन्धित निकायले भने जिल्लाको शाखा सडकमा निश्चित भाडादर कायम गरी लागू गर्न पटक–पटक निर्देशन दिइरहेको छ । 

विद्यालयलाई लत्ताकपडा 

यसैबीच, भोजपुरको खावा गाविसमा बाल विकास कार्यक्रमका लागि छुट्याएको रकमले विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल लुइँटेल र सामाजिक परिचालक रमेश राईले संयुक्तरुपमा जनता प्राथमिक विद्यालय, खावाका ६३ विद्यार्थीलाई लत्ताकपडा वितरण गर्नुभएको सो विद्यालयका प्रधानाध्यापक नुरी शेर्पाले जानकारी दिनुभयो । लत्ताकपडा पाएपछि यहाँका विद्यार्थी हर्षित भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!