मकवानपुरमा कार दुर्घटना हुँदा दुईको मृत्यु

Posted on: 19 Nov, 2016

मङ्सिर ४, हेटौँडा । काठमाडौँबाट हेटौँडातर्फ आइरहेको बा ३ च ९२८९ नं को कार भीमफेदी–कुलेखानी सडकखण्डको चुरीखेतमा आज बिहान दुर्घटना हुँदा उक्त कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक वासुदेव थापाले बताउनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य तीन जनालाई उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ । 

तीव्र गतिका कारण कार दुर्घटनामा परेको बताइएको छ । कार सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!