विद्यार्थीले प्रेम विवाह गरेपछि विद्यालय प्रवेशमा रोक

Posted on: 20 Nov, 2016

मंसिर ५, रामेछाप । रामेछापको गुन्सीभदौरे स्थित एक विद्यालयले विवाह गर्ने विद्यार्थी जोडीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । 

गुन्सीस्थित सतलिङ्गेश्वर माविले पढ्दै गरेको दुई विद्यार्थीलाई विवाह गरेकै आधारमा अध्ययनबाट वञ्चित गरेको हो । कक्षा १० मा पढ्ने मुना चौलागाई र कक्षा ९ का केशु मगरले कात्तिक १० गते प्रेम विवाह गरेकाले उनीहरुलाई विद्यालय प्रवेशमा रोक लगाइएको प्रवीन थापा मगरले जानकारी दिनुभयो । विद्यालयले कुनै हालतमा पनि पढ्न नदिने बताएपछि नवविवाहित विद्यार्थी मर्कामा परेको मगरले गुनासो गर्नुभयो । 

आफूले विद्यालय प्रवेशमा रोक लगाएको स्वीकार गर्दै प्रधानाध्यापक एकनाथ चौलागाईले भन्नुभयो - "एकै विद्यालयमा अध्ययन गरिरहेकै अबस्थामा  विवाह गर्दा विद्यालयको सँस्कार बिग्रने हुँदा उनीहरूलाई पढ्न नदिएको हो ।" 

नजिकै विद्यालय हुदाँ पढ्न नपाएका विद्यार्थीले भने विद्यालयले आफूहरुको भविष्यमाथि खेलबाड गरेको गुनासो गरेका छन् । विवाहपछि आफूहरुको दाम्पत्य जीवन सामान्य भएपनि विद्यालयले पढ्न नदिएर अन्याय गरेको उनीहरुको दुःखेसो छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!