कास्कीको चापाकोटमा निशुल्क स्वास्थ्य शिविर

Posted on: 20 Nov, 2016


मंसिर ५, पोखरा । अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

क्लवको १०औं बार्षिकोत्सवको अवसर पारेर मेडीकल, स्त्री तथा प्रसुति, नाक, कान, घाटी सम्बन्धि निशुल्क शिविर गरेको हो । २ सय १२ जनाले स्वास्थ्य लाभ लिईएको शिविरमा निशुल्करुपमा औषधि वितरण गरिएको थियो । शिविरमा निशुल्करुपमा रगत र पिसाबको जाच गर्नुका साथै फिजिवयो थेरापी पनि गरिएको थियो ।

शिविरमा रिजनल हस्पिटलबाट बालरोग बिशेषज्ञ डा. यज्ञराज सिग्देल, मेडीकल सम्वन्धि डा. मनोज कोईराला, स्त्री तथा प्रसुति विशेषज्ञ डा. तारा गुरुङ, नाक÷कान÷घाटी रोग बिशेषज्ञ डा. आकाशमणी भण्डारीले चेकजाच भएको जानकारी रिजनल हस्पिटलका म्यानेजर अर्जुन शर्माले जानकारी दिए । शिविरमा डाक्टर, स्टाफ नर्स, ल्याब एसिस्टेन्ट लगाएत २० जनाको प्रविधिक टोली र आयोजक क्लबको स्वयंसेवक गरि ४२ जनाको टोली शिविरमा गएका थिए  ।

कार्यक्रममा पञ्चासे जलाधार विकास समितिका अध्यक्ष निर्मल पौडेल, बालरोग विशेषज्ञ डा. यज्ञमान सिग्देल, रिजनल हस्पिटलका म्यानेजर अर्जुन शर्मालगाएतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमका सभापति तथा क्लवका अध्यक्ष मोहन बहादुर केसीले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै विशेष सहयोगीलाई कदर पत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन राजु गिरीले गरेका थिए भने स्वागत मन्तव्य अभियान महिला उप–समितिकी सिर्जना थापाले राखेकी थिईन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!