पर्वतमा पुरुष दिवस मनाइयो

Posted on: 21 Nov, 2016

मंसिर ६ पर्वत । पर्वतमा पहिलो पटक पुरुष दिवस मनाइएको छ ।  वर्षेनि मार्च ८ को दिनमा नारी दिवस मनाउंदै आइएता पनि पुरुष दिवस मनाउने चलन खासै छैन तर पर्वतमा सीड नेपालको आयोजनामा  पहिलो पटक पर्वतमा पुरुष दिवस मनाइएको हो ।
    सन १९९२ देखि अन्तरराष्ट्रिय पुरुष दिवस मनाउने प्रचल भएता पनि नेपालमा भने खासै पुरुष दिवस मनाउने चलनको विकास भएको मानिदैनन । सीड नेपालले मंसिर ४ गतेदेउपुर, देउराली र बाजुङमा घरायसी काममा पुरुषको सहयोग शिर्षकमा स्केच प्रतियोगिता आयोजना गरि पर्वत जिल्लामा पहिलो पटक पुरुष दिवस मनाएको हो ।
    सोभियत संघमा पुरुषहरुको कामलाई समेत महिलाहरुको जस्तै स्मरण गर्नुपर्ने र मान्यता दिनुपर्ने अवधारण सहित प्रारम्भ भएको पुरुष दिवस त्यसपछिका वर्षहरुमा अन्य मुलुकमा समेत मनाउन थालिएको हो । यो दिवस महिला पुरुष समानताको प्रसंग वारे चर्चा गर्न, पुरुष तथा युवाहरुको अनुभव तथा सिकाई आदान प्रदान गर्न तथा समाजमा रहेका नमूना पुरुषहरु वारे चर्चा गर्नका लागि प्रभावकारी हुने गरेको छ ।
    सीड नेपालका पूर्व अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए अनुसार घरायसी काममा पुरुष सहयोग शिर्षकमा आयोजित स्केच प्रतियोगितामा ३ वटा समूहमा १५ जना युवाहरुको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!