मदरल्याण्डमा रक्तदान कार्यक्रम सम्पन्न

Posted on: 21 Nov, 2016

मंसिर ६, पोखरा । जुनियर तथा युवा रेडक्रस सर्कल मदरल्याण्डको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । 

विद्यालयस्तरबाट भएको कार्यक्रममा सम्भवत बढि रगत संकलन भएको यो नै पहिलो हो । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले रक्तदान गरेका हुन् । ‘युवा विद्यार्थीहरुले रक्तदान गरेको सम्भवत पहिलो हो ।  रक्तसंचार केन्द्र पोखराका प्राविधि प्रमुख अर्जुन ज्ञवाली भने, ‘युवा अवस्थाबाटै रक्तदान दिनेको संख्या कम हुन्छ ।’

उनले पहिलो पटक रक्तदान गर्न मानिसलाई कठिन हुने बताउदै पहिलो पटक नै १७÷१८ वर्षको उमेरमा रक्तदान गरेका युवायुवतीले पटक पटक रक्तदान गर्ने बताए । उनले पोखरामा केहि समय पहिलो रगत अभाव हुने सम्भावना देखिए पनि सोमबारको रक्तदान कार्यक्रमले अभाव नहुने बताए । ‘केही दिन देखि लगातार रक्तदान कार्यक्रम भएका छन्, उनले भने,‘त्यसैले रगतको कुनै समस्या हुदैन ।’

मदरल्याण्ड मावि नेपाल रेडक्रस सोसाटीका शिक्षक नायक होमनाथ भट्टराईले विद्यार्थीहरुले आफै उत्साहीत भएर रक्तदानमा सहभागी भएको बताए । उनले कक्षा ११ र १२ मा अध्ययन गर्ने विहानी सत्र र दिवा सत्रका विद्यार्थी समय मिल्ने गरि कार्यक्रमको आयोजना गरेको बताए । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डोलराज पाण्डेले मदरल्याड माविका निर्देशक त्रिभुवन शर्मालेलाई व्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरे ।

कार्यक्रममा उपसभापति डोलराज पाण्डे, विद्यालयका निर्देशक त्रिभुवन शर्मा, शिक्षक नायक होमनाथ भट्टराई लगाएतले रक्तदानले अन्य बचाउन सहयोग पुग्ने बताएका थिए । युवा रेडक्रस सोसाइटी मदरल्याडका अध्यक्ष राजन सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिब दिपा अधिकारीले सञ्चालन गरेकी थिइन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!