दुबै मृगौला फेल भएका खत्रीद्वारा उपचारको लागी सहयोग गरिदिन आग्रह

Posted on: 22 Nov, 2016


मङ्सिर ७, संखुवासभा । संखुवासभा आखीभुई गाबिसका दुबै मृगौला फेल भएका ३० बर्षिय पुष्प बहादुर खत्रीलाई उपचारको लागी उनका परीवारले याचना गरेका छन् । 

घरको आर्थिक अवस्था अत्यान्त  कम्जोर रहेकोले उपचारमा समस्या भएको उनका भाई मिलन खत्रीले जानकारी दिए । अस्पतालले  उनको  दुई मृगोला फेल भएको पुष्टी गर्दै रिपोट निकाले सँगै जिबन मरणको दोसाँधमा रहेका छन् उनलाई बिगत ४ महिना देखि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल उपचार गर्दै तर आर्थिक अवस्था कम्जोर रहेकोले भएको पैसा सकिए पछि घर फिर्ता गरेको मिलनले बताए  । 

मृगौलाकै कारण बुबाको  मृत्यु भईसकेको र आमाको पनि  सानै उमेरमा निधन भईसकेको छ। जिबन रक्षाको लागी उनका भाई मिलनले  सहयोगी मनहरुलाई अनुरोध गरेका छन्। खत्रीको  उपचारमा  अहिले सम्म ५ लाख खर्च भई सकेको छ। उनी संग  २ वटा विकल्प डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्न मात्र बाकी रहेको छ । 

पेटबाट गर्ने डायलाइसिस (ऋब्एम्) को लागि एक पटकमा रु.३३० पर्छ । मृगौला प्रत्यारोपण नगरेसम्म प्रति दिन दुई देखि चार पटक सम्म गर्नु पर्ने हुन्छ ।  प्रति महिना २० हजार देखि ३० हजार  सम्म खर्च लाग्ने गर्दछ। 

डाक्टरका अनुसार थप उपचारका साथै मृगोला प्रत्यारोपणका लागी १० लाख रकमको आबश्यक पर्ने भएको छ । खाउँ लाउँ उमेरमा यसरी दुबै मृगौला फेल भए सँगै उपचारको पर्खाइमा रहनु भएका खत्रीको  उपचारमा आर्थिक  समस्या भई रहेको छ ।  

कुन केन्द्रमा प्रत्यारोपणका लागि जाने हो कसले मृगौला दान दिने हो र कति समय सम्म प्रत्यारोपणको लागि जाने हो यसरी डायलाइसिस र प्रत्यारोपण गर्नको लागि देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाई  जीबन बचाउने अभियानमा सबैले सहयोग गरिदिनु हुन निज खत्रीले अनुरोध गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!