फिर्के खोलाको फलामे रेलिङमा रगतको टाटो देखेपछि स्थानिय त्रसित

Posted on: 22 Nov, 2016


कमल सुबेदी/मंसिर ७, पोखरा । पोखराको फिर्के खोलामा लगाएको फलामे रेलिङ र सडकमा रगतको टाटो देखेपछि स्थानिय त्रसित बनेका छन् ।  

घटनास्थलमा हेर्दा मान्छे मारेको फालेको जस्तो देखिन्छ एक  स्थानियले भने । राति हल्ला पनि खासै नसुनेको फिर्केखोलाका एक होटल संचालकले बताए । रगतका टाटो देख्दा  एकदमै डर लागेको छ उनले भने । यता प्रहरीले टोली रगतको नमुना लगेर अनुसन्धान सुरु गरेको छ  । 

राती अध्यारोमा सडकमा लडेर चोट लागेका कारणले रगत बगेको हो की अन्य कारण हो भन्ने कुराको अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारीले  बताए ।‘कसैले एक्लै पारेर कुटपिट गरेको पनि हुन सक्छ ।’ उनले अनुसन्धान भईरहेको बताए । 

सोमबार विहान स्थानीले फलामे रेलिङ र सडकमा रगतको टाटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । फिर्के खोलाबाट प¥र्याङ जाने बाटोमा समेत रगत देखिएको स्थानियले जानाकारी दिए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!