कास्कीको पामे नजिकै एभिया क्लबको जहाज दुर्घटना, रसियन पाइलटको मृत्यु

Posted on: 23 Nov, 2016

कमल सुबेदी/मङ्सिर ८, पोखरा । 

एभिया क्लव पोखराको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । दुर्घटनामा परेका रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ ।

एभिया क्लबको  पुतली जहाज बुधबार विहान दुर्घटनामा परेको हो । कास्कीको चापाकोट गाविसको ककरे भन्ने ठाउँमा रहेको मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको हो । 

उड्ने क्रममा डोरी चुडिएपछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि रसियन पाइलट म्याक्सिमोभ र अस्टेलीयन पर्यटक जिलेनी भोल्कर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका पाइलटको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एभिया क्लवका अनुसार म्याक्सिमोभ विगत १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुन्। उनी एभियाका वरिष्ठ तथा प्रशिक्षक पाइलट पनि हुन्।

९ एन एल एल ओपन फ्लाईट पुतली जहाज दुर्घटना भएको हो । जहाजका यात्रु भने सकुसल रहेको कम्पनीले जनाएको छ ।

तश्विर स्रोत: रविन्द्र गुरुङ

यस बिषयमा तपाइको प्रतिक्रिया...!