सातौं बृहत् पुस्तक प्रदर्शनीमा बिक्रि मध्यम

Posted on: 24 Nov, 2016


प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाएका छन् । 

पुस्तक प्रदर्शनीमा आउने मानिसको संख्या कम भएकाले नै अघिल्ला मेलाहरूको तुलनामा कम व्यापार भएको साङ्ग्रिला पुस्तक पसलले जनाएको छ । 

पिरामिड प्रकाशनका विनीता प्रसाईंले भन्नुभयो-"उपस्थितिका आधारमा हेर्दा विक्रि नभएको होईन भईरहेको छ तर खासै भीड लागेको छैन।" प्रदर्शनीमा  कुटनीति र राजनीति, चिरहरण, ऐना, लिखे र तपन जस्ता पुस्तक बढि पाठकको रोजाईमा परेको साङ्ग्रिला बुक्सले जनाएको छ । 


मंसिर ३ गते देखि १२ गते सम्मका लागि आयोजना गरिएको सो प्रदर्शनीमा फिक्सन, नन–फिक्सन सबै पुस्तकहरू विशेष छुटमा राखिएका छन् । प्रदर्शनीमा यसपटक एक सयभन्दा बढी प्रकाशन गृहका करिब पाँच हजार शीर्षकका पुस्तक रहेको बताइएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानको सहभागितामा रिड एण्ड ग्रो रिच” र डिकुरा प्रकाशनले पुस्तक प्रदर्शनी गरेको हो । यस्तै मंसीर ११ गते शनिबार दिउँसो डिकुरा पब्लिकेसनबाट प्रकाशित यादव खरेल, पुण्यप्रसाद प्रसाई, डब्बु क्षेत्री, पुण्य कार्की, विनिता पौडेल, सागरमणि खुलाल, गणेश नेपाली सहितका लेखकका १२ वटा कृतिको लोकार्पण हुने डिकुराका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले जानकारी दिनुभएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!