ने.क्रा.शि.संघ जुम्लाद्धारा जिशिकामा शैक्षिक माग पत्र पेश

Posted on: 25 Nov, 2016

नन्दराम जैशी, मंसिर १०, जुम्ला । नेपाल क्रान्तिकारी शिक्षक संघ जिल्ला कार्य समिति जुम्लाले विभिन्न शैक्षिक माग राख्दै जिल्ला शिक्षा कार्यालय जुम्लामा बिहिाबार माग पत्र बुझाएको छ । जिल्लामा विद्यामान शैक्षिक विसंगती तथा समस्याहरुलाई निराकरण गराउन माग पत्र बुझाईएको हो ।         

नेपाल क्रान्तिकारी शिक्षक संघ जिल्ला कार्यसमिति जुम्लाका अध्यक्ष खम्बा शाहीद्धारा हस्ताक्षरित माग पत्रमा योग्यता, दक्षता र जेष्ठताका आधारमा रोकिएको प्रधानाध्यापक मिलान गर्नु पर्ने, विभिन्न बाहानामा विद्यालयहरुबाट असुल्दै आएको शुल्क फिर्ता गरिनु पर्ने र शिक्षा क्षेत्रलाई टे«ड युनियनबादबाट मुक्त गरिनुपर्ने लगायतका  १६ बुदे माग राखिएकोे छ ।  

यस्तै जिल्ला शिक्षा समिति र परिक्षा समन्वय समितिको खातामा प्राप्त आम्दानीको पारदर्शी र सार्वजनिक गरिनु पर्ने, विद्यालय निरिक्षकलाई अनिर्वाय कार्यक्षेत्रमा पठाई विद्यालयमा प्रभावकारी अनुगमन गरिनु पर्ने पनि माग पत्रमा उल्लेख गरिएको छ । जिल्ला शिक्षा कार्यालयबाट प्रवाह गरिने सेवा सुविधा नियमित, पारदर्शी र छिटो छरितो नभएको प्रति ध्यानाकर्षण समेत गरीएको ताईएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!