गुप्तेश्वर क्याम्पसमा व्यवस्थापन समिति चयन सदस्यमा सामान्य लेखपढ देखि दश कक्षा पास

Posted on: 25 Nov, 2016

मंसिर १० पर्वत ।पर्वतको सदरमुकाम कुश्माको गुप्तेश्वर बहुमुखि क्याम्पसको व्यवस्थापनमा नयाँ कार्य समिति सदस्य चयनका लागि निर्वाचन सम्पन्न भएको छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन हुन नसकेर विवाद बढेपछि चुनाव     गरिएको हो ।
    बुधवार क्याम्पस हाताभित्र नयाँ व्यवस्थापन कार्य समिति सदस्य चयनका लागि साधारण सदस्यहरुले मतदान       गरेका थिए । व्यवस्थापन समितिमा १३ जना सदस्य चयन गरिनुपर्ने व्यवस्था छ तर १८ जना सदस्यको नामावली परेपछि चुनाव गर्नु पर्ने भएको थियो । निर्वाचन परिणाम अनुसार सदस्यका लागि प्रतिस्पर्धा गर्नेहरुमा नारायणप्रसाद जोशीले २ सय १५, केशव पौडेल २ सय ४, कुलप्रसाद उपाध्यायले २ सय ९, चुरक कुमार कर्मचार्यले २ सय ३ उमादेवी कुमालले २ सय २, सन्दिपमान श्रेष्ठले १ सय ९९,      परशुराम पुरी १ सय ९७, सोमलाल आचार्य १ सय ८९, हिम्मतप्रसाद जोशी, १ सय ८२, गोपालराज श्रेष्ठ १ सय ८२, सुन्दरप्रसाद जोशी १ सय ८१ र सागर गिरीले १ सय ५० मत ल्याएर विजयी भएका     छन् ।
१६ प्रतिस्पर्धी मध्ये गोविन्दप्रसाद श्रेष्ठ १ सय ४९, शेरबहादुर सुनार १ सय ४५, मिनबहादुर रेग्मी १ सय ४३ मत प्राप्त गरेका छन् ।
    अचम्म त के छ भने निर्वाचनमा भिडेका अधिकांश सदस्यहरुको शैक्षिक योग्यता    साधारण लेखपढ र १० कक्षा पास मात्र छ । साधारण लेखपढ भएका उम्मेदवार सदस्यका विच एक जना मात्र विए पास सदस्य कुलप्रसाद आचार्य हुन् । क्याम्पस जस्तो शैक्षिक क्षेत्रको सिंगो व्यवस्थापन गर्ने व्यवस्थापन समितिमा साधारण लेखपढका व्यक्तिहरु भिड्ने र निर्वाचित भएपछि शिक्षासेवी र विद्धान वर्गहरुमा चिन्ता र चासो बढेर गएको छ । व्यवस्थापन समितिको निर्वाचनमा जम्मा ४१४ जना साधारण सदस्यमध्ये २९९ सदस्यहरुको मत खसेको क्याम्पसका प्राध्यापक हिरालाल रेग्मीले बताए ।शैक्षिक क्षेत्रमा चुनाव     गरिनु र त्यसमा पनि साधारण लेखपढको बाहुल्यता हुनुलाई अर्थपूर्ण ढंगबाट सरोकारवालाहरुले हेरेका    छन् ।  शैक्षिक थलोको नेतृत्वले अब कहाँ पु¥याउने हो भन्ने चिन्ता छाएको बताइएको छ ।  व्यवस्थापन समिति सदस्यहरुले क्याम्पस संचालनमा भईपरि आउने सवै जिम्मेवारी पुरा गर्नु पर्ने हुन्छ भने क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक अवस्थाको अगुवाई गर्नुपर्ने हुन्छ ।             चुनाव हुनुको खास कारणमा सवै कांग्रेस समर्थित सदस्यहरुका विच नेकपा एमाले समर्थित नारायण प्रसाद जोशी र मिन बहादुर रेग्मीको सदस्यका लागि उम्मेदवारी पर्नु बताईएको छ भने कांग्रेस भित्रकै विद्रोही कांग्रेस भनेर चिनिने केशव पौडेलको सदस्यमा उम्मेदवारीलाई समेत मानिएको छ । यी तीन उम्मेदवार सदस्य बाहेक अन्य १५ जना सदस्यको टिम बनेको थियो । रमाईलो त के भने टिम बनेर सदस्यका लागि चुनाव लड्दै        गरेकाहरुका विच अविश्वास बढेपछि सदस्यहरुले नमूना मतपत्रमा नै हस्ताक्षर गराइएकोे थियो । यसबाट मतदातालाई यो टिमको सदस्य हो भनी चिनाउन सजिलो हुने बताइएको थियो । चुनावबाट निर्वाचित १३ सदस्य र निवर्तमान अध्यक्ष सहित १४ जना सदस्यहरु विचबाट एक जना सदस्यलाई क्याम्पस व्यवस्थापन समिति अध्यक्ष सिफारिशका लागि त्रिभुवन विश्वविद्यालयमा पठाइने छ । सो विश्वविद्यालयको स्वीकृति पछि अध्यक्ष चयन हुने नियम छ । प्राज्ञिक क्षेत्र गुप्तेश्वर क्याम्पसले यसपालि पनि प्राज्ञिक व्यक्तित्वलाई क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष पदमा पाउने संम्भावना  देखिएन । वि.सं २०५६ सालमा स्थापना भएको गुप्तेश्वर क्याम्पसले यसपाली २३ औ साधारणसभा मनाएको हो । क्याम्पसमा प्लस टु देखि स्नातकसम्म मानविकी, शिक्षा र व्यवस्थापन विषयको पढाई हुँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!