क्यान्सरपीडित टुल्की चरम पीडामा, अझै उपचार भएन

Posted on: 25 Nov, 2016


मंसिर १०, जुम्ला । आर्थिक अभावका कारण उपचार हुन नसक्दा क्यान्सरपीडित टुल्की नेपाली चरम पीडामा परेकी छिन् ।

हुम्ला दार्मा–१ गर्खागाउँकी टुल्कीलाई पाठेघरको मुखमा क्यान्सर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले थप उपचारका लागि उहाँलाई कात्तिक २९ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा सिफारिस गरेको थियो ।

यहाँ पुगेको डेढ साता बितिसक्दा पनि उपचार हुन नसकेको उनका पति दलवीर नेपालीले दुखेसो गरे । “आएदेखि एउटा होटलमा बसेका छौँ, उपचार गर्ने रकम पनि छैन, उनको चौबीसै घन्टा गन्हाउने रगत बगिरहन्छ, होटलका मान्छे घिनलाग्दो मानेर जाउँ भन्न थाले” – उनले दुःखेसो पाखे ।

जुम्लाका डाक्टरको समूहले रु २० हजार उठाएर यहाँ पठाएका थिए, त्यो सकिनै लाग्यो, आफ्नो भन्ने यहाँ कोही छैन, अब कसरी उपचार गर्ने होला भन्ने चिन्ताले पिरोलेको उनले बताए ।

एकातिर पत्नीको जीवन के हुन्छ रु अर्कोतिर घरमा बालबच्चाले के गरिरहेका होलान् रु भन्ने पिरले सताएको छ, उहाँले भन्नुभयो – उपचारका लागि भरतपुरमा कतैबाट सहयोग मिलेको छैन तर काठमाडौँबाट एकजना महिलाले हामी उपचारमा सहयोग गर्छौं भन्नुभएको थियो, अहिले उहाँसँग सम्पर्क हुन सकेको छैन ।

पाँच वर्षको बालिका घरमा छोडेर नेपाली दम्पती गत कात्तिक १६ गतेबाट उपचारका लागि भौँतारिएका छन् । आर्थिक सहयोगका लागि मोबाइल नं ९८६८९४०४९६ सम्पर्क गर्न नेपाली दम्पतीको आग्रह छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!