सुनास कास्कीको अध्यक्षमा सुन्दर गुरुङ

Posted on: 25 Nov, 2016

मंसिर १०, पोखरा । पोखरामा भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सुन्दर गुरुङ चयन भएका छन् । शुक्रवार पोखरामा भएको संस्थाको पाँचौ अधिवेशनले गुरुङको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा प्रा.डा वेदनाथ शर्मा, सचिवमा वुद्धि मल्ल, सहसचिवमा माया गुरुङ, कोषाध्यक्षमा रवीन्द्र वाँस्तोला चयन भएका हुन्  । यसैगरी सदस्यहरुमा दीपेन्द्र श्रेष्ठ, श्यामनाथ कुँवर, राजेन्द्र वाटाजु र खगेन्द्रदेवी घिमिरे पनि सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित सुनासका अध्यक्ष सुन्दर गुरुङले पोखरा र आशपासको क्षेत्रमा भ्रष्टाचार विरुद्धको अभियान थप सशक्त वनाउने प्रतिवद्धता व्यक्त गरे  । उनले सवै तहका नागरिकहरुको साझा सहकार्यले मात्रै भ्रष्टाचार न्यूनिकरण गर्न सकिने बताए ।

अधिवेशनको उद्घाटन गर्दै, ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका पूर्वृउपाध्यक्ष एवं संस्थाका सल्लाहकार आनन्दराज मुल्मीले देशमा मौलाउदो भ्रष्टाचार न्यूनिकरणका लागि नागरिक समाज थप सशक्त वन्नुपर्ने वेला आएको बताए । संस्थाका अध्यक्ष पुण्य पौडेलले सुशासनको क्षेत्रमा काम गर्नु कठिन कार्य भएको भन्दै, भ्रष्टाचार विरुद्धको अभियान अझै वढाउनुपर्नेमा जोड दिए  । कार्यक्रममा शान्तिको लागि नागरिक समाज संजाल कास्कीका संयोजक ढाकाराम पौडेल, पूर्वसंयोजक विष्णु वराल लगायतले बोलेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!