अखिल क्रान्तिकारीको एक महिने शैक्षिक जागरण अभियान शुरु

Posted on: 26 Nov, 2016

शिव सुवेदी, मंसिर ११ पर्वत । शैक्षिक शसक्तिकरणका निम्ति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ं द्वारा संचालित एक महिने शैक्षिक जागरण अभियान पर्वतमा पनि एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
    जिल्लाको चुवास्थित मंगोलदय माविमा अखिल क्रान्तिकारी केन्द्रिय सचिव कुशल पौडेल तथा केन्द्रिय सचिवालय सदस्य शंकर गिरीको आथित्यतामा संचालन उक्त कार्यक्रममा शैक्षिक शसक्तिकरणका निम्ति आवश्यक पूर्वधार विकास तथा शिक्षक विद्यार्थीको जागरुकताले शैक्षिक उपलब्धी प्राप्त हुने कुरामा जोड दिइएको थियो ।
    कार्यक्रममा बोल्दै केन्द्रिय सचिव कुशल पौडेलले शिक्षा क्षेत्रको विकासको लागि सवै एक हुनुपर्नेमा जोड थिए । समाजमा पछिल्लो समयमा शिक्षामा माफियाको विगविगी भैरहेको र त्यसको प्रतिकारको लागि शैक्षिक जागरणा ल्याउनुपर्ने उनले      बताए ।
     केन्द्रिय सचिवालय सदस्य शंकर गिरीले हिजो शैक्षिक क्षेत्रको विकासका निम्ति विकासका विभिन्न एजेण्डाहरु लिएर आउँदा आफुहरुलाई आतंककारीका रुपमा परिभाषित गर्नेहरुले नै आज आफूहरुको शैक्षिक विकासका एजेण्डाहरुमा समर्थन जनाएको बताए ।
    अखिल क्रान्तिकारी केन्द्रिय सदस्य ऋषिराम पौडेल, जिल्ला अध्यक्ष विजयप्रकाश सापकोटा, सचिवालय सदस्य शिव सुवेदी, राजु पौडेल, सुवास सापकोट लगायतको सहभागीता रहेको थियो । सोही कार्यक्रममा मंगोलदयमा माविमा सोमत परियारको अध्यक्षतामा २५ सदस्यीय अखिल क्रान्तिकारी विद्यार्थी संगठन विस्तार गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!