डोटीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २० जना घाइते

Posted on: 27 Nov, 2016

मंसिर १२, डोटी | डोटीको लाटामाडौं गाविसस्थित उजली गाउँमा भएको जिप दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । कपल्लेकी गाविसबाट जन्ती बोकेर जाँदै गरेको उक्त जीप सनिबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सनिबार साँझ करिव ७ बजे उग्रतारा यातायातको से १ ज ७४७ नम्बरको जन्ती बोकेको जीप दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परि मृत्यु हुनेहरुमा लाटामाडौं गाविसका बिरी ताम्राकार र जिजोडामाडौंका गौरी शंकर नेपाली रहेका छन् । घाईतेहरु मध्ये ३ जनाको अबस्था गम्भीर छ ।

गम्भिर घाईते हुनेहरुमा लाटामाण्डौँ २ का १२ वर्षीय बालक सुरेश कुँवर, लाटामाण्डौँ २ का ३२ वर्षीय लोक रावल र ठेगाना नखुलेका तारा सिंह नेपाली रहेका छन् । गम्भिर घाइते भएकाहरुमध्ये लाटामाडौंका सुरेस कुँवरलाई डोटीमा उपचार हुन नसकेपछि भारतको बरेली रिफर गरिएको छ ।घाईते मध्ये १० जनाको उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने ८ जनाको सुजङ अस्पताल डोटीमा उपचार भईरहेको छ । 

तश्विर: पवन महराको फेसबुकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!