चन्दननाथ मन्दीरबाट करोडौ मुल्यका मुर्ति चोरिए, पुजारी नियन्त्रणमा

Posted on: 27 Nov, 2016

नन्दराम जैशी | मंसिर १२ जुम्ला | जुम्ला सदरमुकाममा अवस्थीत गुरु चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती चोरी भएका छन् । हिन्दु धर्मावलम्बी र कर्णाली क्षेत्रकै सवैभन्दा ठूलो चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती करीब १ बजेतिर चोरी भएका हुन् । मन्दिर भित्र रहेको भगवान दत्रात्तयको सबैभन्दा ठूलो मुर्ति सहित अन्य स–साना २८ वटा मूर्ति चोरी भएका छन् । चोरी भएका करोडौ मुल्यका मुर्तिमध्य अहिलेसम्म कृष्ण, बौद्ध र महाकाल लगाएत अन्य मुर्तिको नाम सार्बजानिक भएको छ ।   

त्यस्तै रुद्धाक्ष सहितको चाँदिको माला चोरी भएको चन्दननाथ भैरबनाथ गुठि ब्यवस्थापन समितिका अध्यक्ष गौरीनन्द आचार्यले बताउनुभयो । अन्य के कति सामाग्रि चोरी भएको हो भन्ने बिषयमा अहिले मुचुल्का भैरहेको समितिले जनाएको छ । मन्दिरको पूर्ननिर्माण कार्य चलिरहेका बेला मुर्ति चोरी भएपछि स्थानीय वासिन्दा आक्रोशित भएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि २० मिटरको दुरीमा रहेको मन्दिरमा चोरी भएपछि प्रशासन र पुजारीको मिलेमतोमा चोरी भएको भन्दै स्थानीयहरुले प्रहरी र प्रशासन विरुद्ध नाराबाजी समेत गरिरहेका छन् । मन्दीरका पुजारी त्यहि रहेको समयमा अन्य कुनै सामाग्रि नहल्लीने गरी छानि छानि बहुमुल्य मुर्ति चोरी भएको भन्दै स्थानिय आक्रोसमा आएर नाराबाजि गरीरहेका छन् ।    


प्रशासनको छेउमा रहेर पनि सुरक्षा दिन नसकेको भन्दै सर्वसाधारणहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । मन्दिर परिसरमा जम्मा भएका स्थानीयहरुले प्रहरी प्रमुख विष्णुहरी काफ्ले र प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितको राजीनामा माग गरेका छन् । प्रहरीले अनुसन्धानका लागि भन्दै स्थानीयलाई मन्दिर परिसरबाट बाहीर जान आग्रह गरिरहेको छ । सर्वसाधारणले अपराधी पत्ता लगाउन नसके प्रहरी र प्रशासनका विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

स्थानीय आक्रोशित भएपछि प्रहरीले भने मन्दिरका पुजारी चन्द्र शैलेश्वर गिरीलाई नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले कसैप्रति चोरीको शंका भएमा तुरुन्त खबर गर्न आग्रह गर्दै अनुसन्धान कार्य जारी रहेको बताउनुभयो । अनुसन्धान कार्यलाई प्रतिकुल पार्ने कुनै कार्य नगर्न स्थानीयलाई समेत उहाले आग्रह गर्नुभएको छ । अहिले प्रहरी र स्थानीयबीच बादविवाद उत्पन्न भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!