१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत अन्तरकृया तथा घैटो फोड्ने कार्यक्रम

Posted on: 27 Nov, 2016

मंसिर १२, रौतहट । देशै भरी अहिले लैंगिक हिंशा विरुद्धको अभियान संचालनमा रहेको अवस्थामा रौतहटमा अन्तरकृया तथा घैटो फोड्ने कार्यक्रम सम्पन्न गरिएको छ । विश्व शिक्षाको सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल लौकाहा रौतहटको आयोजनामा रौतहटको गाविस लौकाहा, कटहरीया र विर्तिप्रस्टोकामा घैटो फोड्ने तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ ।  

विश्व शिक्षाको सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल लौकाहा रौतहटको सहकार्यमा संचालित किशोरी शिक्षा कार्यक्रममका गाविस लौकाहाका ३ ओटा किशोरी केन्द्र तथा २ ओटा आमा कक्षाका सहभागीहरुको सहभागीतामा घैटो फोड्ने कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा तिन ओटै किशोरी केन्द्रका प्रथम, दितिय र तृतियलाई वाल घडी पुरस्कार वितरण गरिएको फिल्ड औफिसर मों. ईमनार हुसैनले बताउनु भएको छ ।  

त्यस्तै गाविस भसेढवा, प्रतापपुर पल्टुवा, कटहरीयमाका २ ओटा किशोरी केन्द्रका किशोरीहरुको सहभागीतामा घैटो फोड्ने कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमममा पहिलो, दोश्रो तथा तेश्रोलाई आरडिसका कार्याक्रम सयोजक ममताज राय भाँटले पुस्कार वितरण गरेका छन । 

त्यस्तै गाविस विर्तिप्रस्टोकामा लैंगिक हिँसा विषय अन्र्तकृया सम्पन्न गरिएको छ । गाविसमा संचालित २ ओटो किशोरी केन्द्रका किशोरी तथा अभिभावकहरुको सहभागीता उक्त कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमम आरडीसी नेपालका फिल्ड औफिसर कन्जविहारी रायले संचालन गरेको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!