डोटीमा बालिका सम्मेलन हुने

Posted on: 28 Nov, 2016

प्रकाश बम/मङ्सिर १३, डोटी । डोटीमा बालिका सम्मेलन हुने भएको छ । सोमवार सिलगढीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । 

यहि मंसिर १७,१८ र १९ गते जिल्लाको सदरमुकाम सिलगढीमा ‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ सम्मेलन गरीन लागिएको आयोजकले जानकारी गराएको छ । 

जिल्लामा भईरहेको वाल विबाह न्यूनिकरण गर्नका लागि सम्मेलनको आयोजन गर्न  लागिएको महिला तथा वाल बालिका कार्यलय डोटीका प्रमुख निर्मला दाहलले बताए । 

सम्मेलनको अबसरमा जिल्लामा सडक नाटक,फुटबल, कबिता,साँस्कृतिक कार्यक्रम,बाल विवाह बिरुद्धको वृतचित्र प्रर्दशनि लगाएका कार्यक्रमहरु गरीने युवालयका अध्यक्ष संजोक ठकुरीले बताए । जिल्लामा वाल विवाह हुनुमा साँकृतिक,परीवारको दबाव र आकर्षणका कारणले हुने गरेको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

बालिका सम्मेलनको १७ गते औपचारीक उद्धघाटन र सोहि दिन महिला तथा बालबालिका माथि हुने हिँसा बिरुद्धको पुरुष पदयात्रको पनि आयोजना गरीने बताईएको छ । त्यसै गरी १८ र १९ गते पदम पब्लीक मुक्तिनायरण माध्यमिक बिद्यालयमा बिहान १० बजे देखि ४ बजे सम्म बिभिन्न कार्यक्रम गरीने आयोजकले जनाएको छ । महिला तथा बालाबलिकामाथि हुने हिँसा विरुद्धको १६ दिने अभियानको अबसरमा जिल्ला स्तरीय बालिका सम्मेलन आयोजना गर्न लागिएको हो ।

पत्रकार सम्मेलन कार्यक्रममा पत्रकारहरुले जिल्लामा बालिका सम्मेलन नामका रुपमा मात्र नर्गन सुझाएका थिए । पत्रकार सम्मेलनमा जिल्लास्थित क्रियाशिल पत्रकाहरुको उपस्थितिरहेको थियो ।

महिला तथा बालबालिका कार्यलय डोटीको आयोजना, सामुदायिक विकास केन्द्र र युवालयको समन्वय तथा युनिसेफ,युके आईडिको सहयोगमा जिल्ला बालिका सम्मेलन हुने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!