महिला अधिकारकर्मी ज्ञवालीको निधन

Posted on: 28 Nov, 2016


प्रेम सुनार/मङ्सिर १३, गुल्मी । गुल्मी जिल्लाकी सशक्त महिला अधिकारकर्मी जानकी ज्ञवाली गौतमको गएराती अल्पाआयुमै निधन भएको छ । 

केहि वर्ष अघि वे्रनट्युमरको समस्या रहेकी ३७ वर्षिया ज्ञवालीको  गएराती करिव ११ वजेको  समयमा एक्कासी अचेत भई वुटवलमा  मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दियो । 

 ५ वर्ष अघि व्रेन ट्युमरको समस्या आए पछि अप्रेशन गरेर निको पारिएको थियो , कहि दिन अघि पनि त्यस्तै समस्या देखा परे पछि उपचार गर्न लगिएको थियो । हिजो एक्कासी सोही विमारका कारण अचेत भएको केहि वेरमै मृत्यु हुन पुगेको बताईएको छ । 

 विद्यार्थी जिवन काल देखि नै महिला अधिकारकर्मीका रुपमा सक्रिय हुँदै आएकी ज्ञवाली जिल्लाका कैयौं समाजिक संघ संस्थामा आवद्ध थिईन् । महिला मानव अधिकारी रक्षक सञ्जाल गुल्मीकी अध्यक्ष रहेकी ज्ञवाली सेतो गुराँस वालवालिक केन्द्रकी सचिव थिईन भने जिल्ला वाल संगठनकी उपाध्यक्ष पनि थिईन् ।

उत्पीडित समुदाय उत्थान केन्द्रले सञ्चालन गरेको स्थानिय साशन तथा सामुदायिक विकास कार्यक्रमकी संयोजक समेत रहेकी ज्ञवाली कुनै राजनैतिक दलको आश्थाबाट यहाँका महिला र वालवालिकाको क्षेत्रमा पहिलो महिलाको रुपमा   सक्रिय रहेको उनका समकक्षीहरु बताउँ छन् । 

  उनी कुनै राजनैतिक दलमा सक्रिई नभई  त्यस क्षेत्रमा काम गरेको उनकी समकक्षी सिता भुसालले बताईन् । ‘उहाँको मृत्युले हामीले महिला र वालवालिकाको क्षेत्रमा  स्वतन्त्र रुपले काम गर्ने होनाहर साथी गुमाएका छौं , भुसालले भनिन –‘यो भावविहल अवस्थामा धेरै बोल्न सकिन तर उहाँको वारेमा छोटो शव्दमा बोलेर पुग्दैन् । ’

  उनको मृत्युबाट परिवारका सदस्य जति शोकाकुल रहेका छन् त्यतिनै शोकाकुल उनि संगै काम गरेका महिला अधिकारकर्मीहरु रहेका छन् । उनले चेलवेटी वेचविखन विरुद्धको अभियान पनि तिव्र पारेकी थिईन् ।

   कसैसंग आक्रोशको भाव नआउने ज्ञवाली कुनै पनि व्यक्ति संग नमुस्कुराई नवोल्ने स्वभावकी थिईन् । उनका श्रीमान शंकरप्रसाद गौतम जिल्ला विकास समितिको कार्यक्रम अधिकृत हुँदा पनि उनले श्रीमानको पहुँच लगाएर कहिल्लै जागिर खान रुचाईनन् । 

  स्नातक उतिर्ण गौतय योग्य र सक्षम  महिला हुँदाहुँदै धेरै समय वेरोजगार बसीन् । उनलाई घमण्ड कहिल्लै आएन् । अधिकारकर्मीहरु भन्छन् हामीले हाम्रो मान्छे राम्रो मान्छेलाई गुमाएका छौं । गुल्मीकै वलेटक्सार गाविसकी चेली र सोही गाविसकी वुहारी बनेकी ज्ञवाली परिवार पछिल्लो चरण वुटवलमा वसाई सराई गरेको थियो । 

 उनका दुई नावालक छोरा र छोरी छन् । दुई सन्तान ईस्वरका वरदान भन्दै त्यो भन्दा बढि सन्तान नजन्माउने निधो गरेका ति दम्पत्तीको अत्यन्तै हँसिन र सुखी दाम्पत्य जिवन थियो । दुवै दम्पत्ती सधैव हंशमुख रहँदै र सवै संग मृदभाषी हुँदै आई रहेको बेला त्यो मुस्कान खोसेर नियतिले ठुलो बज्रपात गरेको छ । सम्झनामा उनै जानकी ज्ञवाली गौतम र अंस्ती विहान सम्मको त्यो सुखत दाम्पत्य जिवन , श्रीमान, छोरा छोरी र साथीहरुको साथमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!