प्रणामीको विद्यालय व्यवस्थापन समितिमा भट्टराई

Posted on: 29 Nov, 2016

प्रकाश धौलाकोटी/मङ्सिर १४, तेह्रथुम । तेह्रथुमको ईवा गाविस वार्ड नं. २ स्थित प्रणामी माध्यमिक विद्यालयमा सोमबार भएको अभिभावकहरुको भेलाले श्यामकुमार भट्टराईको अध्यक्षतामा ८ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । 

भेलाले समितिको सदस्यहरुमा प्रकाश उप्रेती, मनु कन्दङवा, गीता ईङनाम, मायादेवी लामिछाने र राजेन्द्र बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक अमृत बुढाथोकी र शिक्षक प्रतिनिधिमा मनाहाङ ईङनामलाई चयन भएका छन् । 

शिक्षा आठौँ संशोधन ऐन २०७३ अनुसार तत्कालिन विद्यालय व्यवस्थापन समिति खारेज भएपछि नयाँ ऐन बमोजिम विद्यालय व्यवस्थापन समिति गठन भएको हो । 

भेलाले रामकुमार ओलीको संयोजकत्वमा १५ सदस्यीय शिक्षक अभिभावक संघसमेत गठन गरेको छ । श्रोत व्यक्ति भीम मिश्रको प्रमुख आतिथ्यतामा भएको भेला अभिभावक खड्गप्रसाद ईङनामको अध्यक्षतामा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!