बाल निकुञ्जमा छात्रवृत्ति अक्षयकोष

Posted on: 29 Nov, 2016

मङ्सिर १४, तेह्रथुम । तेह्रथुमको सिम्ले–२, मुढेस्थित बालनिकुञ्ज आधारभूत विद्यालयमा स्थानीय एक समाजसेवीले ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् । 

विद्यालयका संस्थापक समेत रहेका सिम्ले–५ बस्ने समाजसेवी कालुसिंह निङलेकुले विद्यालयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने गरि सोमबार ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका हुन् । 

कोषका लागि सो रकम समाजसेवी निङलेकुले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद निङ्लेकुले सोमबार हस्तान्तरण गरेको प्रधानाध्यापक गंगाप्रसाद भट्टराईले जानकारी दिए । 

०४६ सालमा स्थापित विद्यालयमा हाल कक्षा–५ सम्म पठनपाठन हुने गरेको छ । विद्यालयमा सिम्ले–२, ५ र ७ का बालबालिका अध्ययनरत छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!