खुला दिशामुक्त क्षेत्र घोषणा गर्न छलफल

Posted on: 29 Nov, 2016

मंसिर १४, डोटी । डोटी जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि छलफल गरीएको छ । सोमवार जिल्ला स्तरीय खाने पानि तथा स्वच्छता समन्वय समितिले जिल्लामा क्रियाशिल पत्रकाहरुसं सरसफाईको अवस्था र खुला दिशामुक्त क्षेत्र घोषण सम्बन्धमा छलफल गरेको हो ।

जिल्लाका पचास गाविस र १ नगर पालिका असार मसान्त भित्र नै खुला दिशामुक्त क्षेत्र घोषणा भैसकेको भए पनि जिल्ला नभएकाले तत्काल अब कसरी गर्न सकिन्छ भन्ने उदेश्यले छलफल राखिएको जिल्ला स्तरीय खाने पानि तथा स्वच्छता समन्वय समितिका संयोजक कृष्ण प्रसाद गौतमले बताए ।

छलफल कार्यक्रममा बोल्दै पत्रकारहरुले अझै पनि धेरै जसो ठाउँमा चर्पिको प्रयोग नगरेको पाइएको गुनासो गरेका थिए । जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न पटक पटक मिति तय गरे पनि अहिले सम्म तोकिएको मितिमा भने गर्न सकेको छैन । 

जिल्लााई एक महिना भित्र खुल्ला दिशा मुक्त घोषणा गर्न को लागि जिल्लामा सबै सरोकारवाला सँग छलफल भै रहेको क्षेत्रिय खाने पानि सुपरीवेक्षण कार्यलय राजपुरका इन्जिनियर प्रकाश रावलले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!