पर्वतका उन्नाइस व्यक्ति एचआइभी सङ्क्रमित

Posted on: 29 Nov, 2016

मङ्सिर १४, पर्वत । एचआइभी एड्सबाट जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । 

तीमध्ये सात पुरुष र आठ महिला छन् । एड्स सङ्क्रमित हुने बालबालिका भने तीन जना छन् । जिल्ला अस्पतालले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमितले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढी २५ देखि ५० वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्स सङ्क्रमण देखिएको जिल्ला अस्पातालले जनाएको छ । 

यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौनसम्पर्क राख्ने व्यक्ति एचआइभी एड्सबाट बढी सङ्क्रमित भएको जिल्ला अस्पतालका प्रमुख डा फणीन्द्र बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्स सङ्क्रमण बढ्दो रुपमा देखिएको छ । 

जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासमा एड्सको सङ्क्रमण भएको र घरमा रहेका श्रीमती र बालबालिकालाई उनीहरुले नै एड्सको सङ्क्रमण गराएकोे उहाँको भनाइ छ । एचआइभी एड्सको सङ्क्रमण रोक्नका लागि जनचेतना बढ्दै जानुपर्ने बरालले बताउनुभयो । 

जिल्लामा वृद्धि भइरहेको एड्सको सङ्क्रमण न्यूनीकरण गर्न रोग जाँचलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक रहेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!