आगलागीबाट पीडितका लागि सहयोग संकलन गरिने

Posted on: 29 Nov, 2016

मङ्सिर १४, काठमाडौँ । भोजपुरे सेवा समाज काठमाडौँको सोमबार यहाँ बसेको बैठकले भोजपुर सदरमुकामस्थित भोटेपसलमा हालै भएको आगलागीबाट पीडितका लागि सहयोग संकलन गर्ने निर्णय गरेको छ । 

समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको अध्यक्षतामा बसेको समाजको आकस्मिक बैठकले काठमाडौँमा बसोबास गरिरहेका भोजपुरेलगायत शुभेच्छुक महानुभावबाट सहयोग सङ्कलन गर्नुका साथै सरकारीस्तरमा पनि पहल गर्ने निर्णय गरेको छ । 

बैठकमा सांसदहरु लक्ष्मी राई, जयन्ती राई, राष्ट्रपतिका अर्थविद् धनहर्क राई, नेकपा (एमाले) केन्द्रीय सदस्य राजेन्द्र राई, वैकल्पिक केन्द्रीय सदस्य हरि राई, भोजपुर जिविसका पूर्व सभापति शान्त प्रधान, समाजको परिषद अध्यक्ष दयाकृष्ण न्यौपानेलगायतको उपस्थिति थियो । 

बैठकमा सहभागीले आगलागी पीडितलाई तत्कालका समस्या समाधानका लागि सहयोग गर्नुका साथै दीर्घकालका लागि पनि सरकारसंग पहल गर्नुपर्ने धारणा राख्नुभयो । यही मङ्सिर ५ गते भएको आगलागीमा १० घर जलेर नष्ट हुनुका साथै करोडौँको धनमाल क्षति भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!