नयाँ शक्तिले देशभर  एक लाख सदस्य बनाउने

Posted on: 04 Mar, 2016

शिव न्याैपाने/फागुन २१, पाेखरा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशभर एक लाख सदस्य बनाएर मात्रै पार्टी घोषणा गर्ने बताउनुभएको छ ।

पोखरामा हिजाे भएको पत्रकार सम्मेलनमा उहाले केहि महिनाभित्र देशभरबाट एक लाख सदस्य संख्या बनाएर उनिहरुको उपस्थितिमा पार्टी घोषणा गर्ने तयारी भैरहेको बताउनुभयो ।

केन्द्र, प्रदेश जिल्ला र गाँउमा अन्तरिम परिषद् निर्माण गरी सदस्यता अभियान सञ्चालन गर्ने र एक लाख सदस्य संख्या पुगेपछि उनिहरुलाईनै पार्टीको संस्थापक मान्ने गरी पार्टी घोषणा हुने भट्टराईले बताउनुभयो । उहाले नयाँ शक्ति नेपाल पुरानै पार्टीहरु मध्येको थप पार्टी नभई बैकल्पिक राजनीतिक अभियान भएको जिकिर गर्नुभयो ।

यसअघिका पार्टी राजनीतिक अधिकार प्राप्तीको लागि बनेको भएपनि नयाँ शक्ति नेपाल त्यो भन्दा निकै फरक धारबाट आएको उहाको दावि छ । उहाले पार्टी सञ्चालनको लागि एकै ब्यक्तिबाट कमिसनको रुपमा करोडौ रुपैया नलिने भन्दै ब्यक्तिबाट ५० हजार तथा संस्थाबाट २० लाख रुपैया प्रतिबर्ष चन्दा लिने स्पष्ट पार्नुभयो । चन्दा लिएको रकम पनि पारदर्शी हुने भट्टराईले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!