मकवानपुरमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १० जना गम्भीर घाईते

Posted on: 29 Nov, 2016

मङ्सिर १४, हेटौँडा । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २९५८ नंको सुमो जिप हेटौँडा–कुलेखानी सडकखण्डको हेबी भन्ने स्थानबाट करिब ६० फिट तल खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

मृत्यु हुने यात्रुको नाम, ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो जिपमा यात्रा गरिरहेका करिब १० जना यात्रु गम्भीर घाइते भई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!