पत्रकार महासङघ कास्की शाखाको भवन निर्माण सम्पन्न

Posted on: 05 Mar, 2016
शिब न्यौपाने/फागुन २२, पोखरा । श्रमजीवी पत्रकारको छाता सङ्गठन पत्रकार महासङ्घ कास्की शाखाको बहुउद्देश्यीय सुविधा सम्पन्न पक्की भवन १ करोड ४५ लाख ७१ हजार ३१५ को लागतमा निर्माण सम्पन्न भएको छ । नेपाल सरकार, स्थानीय निकाय, औद्योगिक प्रतिष्ठान, पोख्रेली विभिन्न सङ्घसंस्था, उद्योगी व्यवसायी एवम् व्यक्तिबाट सङ्कलित आर्थिक सहयोगबाट भवन निर्माण गरिएको हो । भवनको ३०० क्षमताको सभाहलसहित पोसाक परिवर्तन कक्ष, महासङ्घको कार्यालय, तालिम, बैठक, प्रशासनिक कक्ष, सूचना केन्द्रसहितका छुट्टाछुट्टै पाँच कक्ष रहेको शाखा अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि सूचना तथा सञ्चार मन्त्रालयबाट १४ लाख, पोखरा उप महानगरपालिकाबाट ३५ लाख ५२ हजार, लक्ष्मी हाउस पोखराबाट १६ लाख ५१ हजार १५१, जिल्ला विकास समिति कास्कीबाट ५ लाख २५ हजार र लेखनाथ नगरपालिकाबाट ५ लाख ७५ हजार सहयोग प्राप्त भएको थियो । त्यसैगरी छुनुमुनु मिडिया हाउसबाट ३ लाख ५ हजार, सहारा क्लब पोखरा युके हङकङबाट ३ लाख, पत्रकार राजु भण्डारीबाट ३ लाख, जगदम्बिका सिग्देलबाट ३ लाख र उद्योगपति सूर्यबहादुर केसीबाट २ लाख २५ हजार प्राप्त भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणका लागि हालसम्म ५०० भन्दा बढी विभिन्न सङ्घसंस्था र व्यक्तिबाट आर्थिक सहयोग जुटेको थियो । पाँच वर्षअघि पत्रकारबाटै ३ लाख ५० हजार सङ्कलन गरेर निर्माण कार्य सुरु गरिएको सो भवन निर्माणका लागि कास्की जिल्लाबाट प्रत्यक्ष एवम् समानुपातिक तर्पmबाट निर्वाचित सभासद्ले संसद् विकास कोषमार्पmत ९ लाख उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे पनि अहिलेसम्म ४ लाख मात्र प्राप्त भएको शाखा सचिव त्रिभुवन पौडेलले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!