वामीमा भव्य खेलकुद र सांस्कृतिक कार्यक्रम सुरु

Posted on: 29 Nov, 2016


प्रेम सुनार/मङ्सिर १४, गुल्मी । आज देखि गुल्मीको वामी ९ शेरामा भव्य भलिवल तथा  अन्य प्रतियोगिता सहित राष्टिय कलाकारहरुका विच वेजोड सांस्कृतिक कार्यक्रम सुरु भएको छ । जापान अष्ट्रेलिया , न्युजिरल्याण्ड , अमेरिका, वेलायत , पोल्याण्ड  जस्ता विकासित मुलक र अन्य मुलुकको वैदेशिक रोजगारका एउटै वडाका साढे चार सय जना रहेकोले खुशीयाली मनाउने र गाउँको  विकास गर्न शंखघोष गर्ने उद्देश्यका साथ पहिलो पटक शेरामा भव्य खेलकुद र सांस्कृतिक कार्यक्रम त्यहाँका वासीन्दाले गरेका हुन् । 

स्वदेश देखि संसारभर  छरिएका वामी ९ वासीलाई संगठित गर्न  त्यहाँ घर भई जापानमा कार्यरत दिलिप थापाले एक वर्ष अघि वामी ९ अन्तराष्ट्रिय सम्पर्क समिति  (डव्लआई सिसी ९ )नामक संस्था गठन गरेका थिए । 

सोही संस्थाले आज देखि ३ दिन सम्म शेरामा उक्त कार्यक्रमको आयोजना गरी वामी र छिमेकी गाउँवासीको भव्य जमघट हुने अवसर प्रदान गरेको छ ।  

गाउँको खेलकुद विकास, कला संस्कृतिको संरक्षण गर्दै विदेशमा रहेर पनि स्वदेशको सेवामा क्रियाशिल भई रहने उद्देश्यका साथ संस्थाले  काम गर्ने  जमर्को गरेको केन्द्रिय संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए  ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थापक अध्यक्ष थापाले गाउँको विकासमा केहि टेवा पुराउन सकियोस भनेर संसारभर रहेका वामी ९ वासीलाई संगठित गरिएको र  यो कार्यक्रमको उद्घाटन सत्रबाट त्यसको शंखघोष गरिएको बताए ।

भलिवल खेल प्रतियोगिताको उद्घाटन सत्रमा घरेलु टिम प्रगतिशिल युवा परिवार वामी ९ र हिमचुली प्रगतिशिल युवा क्लव अर्लाङ्गकोट विच रामाञ्चित खेला भएको थियो ।  कडा प्रतिष्पर्धाका विच घरेलु टिमलार्इृ १ का विरुद्ध २ गेमले हिमचुली प्रगतिशिल युवा क्लाव अर्लाङ्गकोटले पराजित गरेको छ ।  दोश्रो खेल पनि आयोजक बि र सदावाहर युवा क्लाव मुसिकोट भएको थियो ।  त्यस खेलमा घरेलु टिमलाई ० का विरुद्ध २ सेटले पछार्दै सदावाहर युवा क्लव अगाडी बढेको छ ,।

भलिवल प्रतियोगिताका लागि कुल १८ टिम दर्ता भएका छन् ।  भोली विहान ८ वजे देखि खेल सुरु हुने र पसी विहान सम्म प्रथम पुरकार  ३ हजार ५ सय ५५ रुपैयाँ कसको पोल्टामा पर्ने हो भन्ने दर्शकहरु निकै  कौतुहल  रहेको छन् । दृतिय पुरस्कार राशी पनि २० हजार ५ सय ५५रुपैयाँ रहेको र अन्य पुरकार राशी पनि आकर्षक रहेको आयोजकले जनाएको छ । 

उद्घाटन सत्रमा सोही स्थानका समाज सेवी तथा  वरिष्ठ चन्दादाता  डिलाराम खरेलको प्रमुख आतिथ्यता र  

वामी ९ भेडुवा निवासी संस्थाका संंरक्षक ईन्द्रबहादुर, थापाको विशेष आतिथ्यता र   केन्द्रिय कोषाध्यक्ष खिम रायमाझी लगायतको आतिथ्यता  रहेको थियो ।  मंसिर १६ गते समापनका दिन चर्चित राष्ट्रिय कलाकार पुस्कल शर्मा ,  चर्चित गायिका राधिका हमाल , सन्तु थापा लगायतका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ  । 

संस्थाका केन्द्रिय अध्यक्ष दिलिप थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्थानिय समितिका अध्यक्ष हर्कबहादुर खासुको स्वागत मन्तव्य  स्थानिय शिक्षक खगराज गिरीको सञ्चालन रहेको थियो । 

 यी हुन् उक्त कार्यक्रमका मुख्य सहयोगदाता 

आयोजक संस्था वामी ९ अन्तराष्ट्रिय सम्पर्क समिति केन्द्रिय कार्यालयका अध्यक्ष दिलिप थापाका अनुसार  मुख्य सहयोगी  स्वर्गिाय शिवराम खरेल  स्वर्गिय देउपती खरेल , स्वर्गिय घनाश्याम खरेलको सम्झनामा हाल अष्ट्रेलियमा रहेका छोराहरु  भुमिराज खरेल, डिलाराम खरेल, लालमणी खरेल र आमा देवकला खरेलबाट कुल ५१ हजार ५  सय ५५ रहेका छन्  ।

अर्का मुख्य सहयोगीका रुपमा वामी ९  घर भई हाल न्युजिरल्याण्डमा कार्यरत  ढावनाथ खरेल, कृष्णप्रसाद खरेल, विष्णु खरेल, फर्शुराम खरेल तथा आमा खगिश्वरा खरेलबाट  स्वर्गिय वुवा पदमलाल खरेल र स्वार्गि दाजु भुवनेश्वर खरेलको सम्झनामा ५१ हजार ५ सय ५५ सहयोग भएको छ । र्

त्यस्तै वामी ९ भेडुवा घर भई हाल जापानमा कार्यरत अम्मर बुढाथोकी र श्रीमति माया बुढाथोकीबाट  स्वर्गिय हजुर वुवा जमदार वलबहादुर बुढाथोकी र वुवा स्वार्गिय रामबहादुर बुढाथोकीको स्मृतिमा ३० हजार ५ सय ५५ हजार  राशी भलिवल तर्फ प्रथम पुस्कारको शौजन्य गरेका छन् । 

वामी ९ शेरा  घर भई जापनमै कार्यरत ईश्वरी प्रसाद सापकोटाले स्वर्गिय वुवा लक्ष्मण सापकोटा र स्वर्गिय आमा गोमादेवि सापकोटाको सम्झनामा २० हजार ५ सय ५५ रुपैयाँ दृतिय पुरस्कार शौजन्य गरेका छन् । 

अनुशासित टिमका लागि वामी ९ भेडुवा घर भई हाल न्युजिरल्याण्डमा कार्यरत किशान खरालले स्वर्गिय वुवा नन्दराम खरालको स्मृतिमा ८ हजार ५ रुपैयाको पुरस्कार शौजन्य गरेका छन् । 

   उत्कृष्ट खेलाडीका लागि हाल श्री जनज्याति प्रावि वामी वामी ९ शेराका  प्रधानध्यपक कमलप्रसाद खरालले २१ सय ११ रुपैयाँ नगद पुरस्कार शौजन्य गरेका छन् । रकर्ड डान्स तर्फको प्रथम पुरस्कारको शौजन्य भारतमा कार्यरत शेराकै करण सापकोटाले ३ हजार पुरस्कार शौजन्य गरेका छन् । 

  त्यस्तै भारतमै कार्यरत भेडुवाका भुवन खरालबाट २ हजार ।  देश विदेशमा रहेका वामी ९ का करिव ७० जनाले सहयोग गरेर कार्यक्रमलाई सफल बनाएको र  सहयोगदाता सवैको नामावली कार्यक्रम समापनका समाचार संगै सार्वजानिक गर्ने केन्द्रिय अध्यक्ष दिलिप थापाले जानकारी दिए । 

 पछिल्लो चरण भने  वरिष्ठ सहयोगदाता अरु थपिएको छन् । वामी सेवा समिति जापान नामक संस्थाले ३० हजार जापानी यन सहयोग गरेको छ । उक्त संस्थालाई आयोजक संस्थाले आफ्नो मातृ संस्था मान्दै आएको छ  । वामी सेवा समिति जापानले विश्वभर रहेका वामी सहित आसपासका  गाउँवासीलाई संगठित गर्न नेतृत्वदायी भुमिका निभाउँदै आएको छ । 

 जसले वामी  लगायतका विभिन्न गाउँको विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपदमा परेकाहरुलाई वर्षऔं अघि देखि उद्धार गर्दै आएको छ । आयोजक संस्था केन्द्रिय उपाध्यक्ष रहेका वामी ९ चुल्ह्ेढुङ्ग घर भई जापानमा कार्यरत वावुराम खरेलले, साथै सवै सक्रिय सदस्यहरु कृष्ण प्रसाद खरेल, भरत खरेल, कृष्ण प्रसाद खरेल ( वावु ) उमाकान्त खरेल, टिकाराम खरेल, टिकाराम खरेलले आफ्ना माता पिता क्रमशः  स्वर्गिय नन्दराम खरेल, श्रीमति रमाकला खरेल, वालनन्द खरेल, श्रीमति खगीश्वरा खराल, रविलाल खरा, सिता खरा, वालनन्द खराल ( सानो )  श्रीमति शिवकला खरेलका तर्फबाट संयुक्त रुपमा ३३ हजार  ३ सय ३३ सहयोग प्रदान भएको छ । त्यस्तै वामी ९ शेरा घर भई हाल जापान र अष्ट्रेलियामा कार्यरत छोराहरु ठानेश्वर, भुमिराज र झविलाल खरालको तर्फबाट  स्वर्गिय पिता चन्द्रमणी खराल र स्वर्गिय मात तुल्सी खरालको स्मृतिमा १५ हजार ५ सय ५ रुपैया सहयोग भएको छ ।  

त्यसका अलवा सो संस्थाले जनचेतना मुलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!