जिविस कास्कीको सार्वजनिक सुनुवाइ सम्पन्न

Posted on: 05 Mar, 2016
शिब न्यौपाने/फागुन २२, पोखरा । जिल्ला विकास समिति कास्कीले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा शुक्रबार घाचोक गाविसको मेघराज निमावीको प्राङगणमा दोश्रो चौमासीक सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी नारयण प्रसाद श्रेष्ठ, सामजिक विकास अधिकृत अर्जुन न्यौपाने, सव ईन्जिनीयर मनोज कुमार ठाकुर, विषयगत कार्यलयका प्रमुख तथा प्रतिनिधीहरु गाविस सचिवहरु, राजनितीक दलका प्रमुख तथा प्रतिनिधीहरु गैर सरकारी माहसंघका प्रतिनिधीहरु, पत्रकारहरुको उपस्थीती रहेको थियो । नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा गरीएको सार्वजनिक सुनुवाईमा स्थानियवासी चित्रनाथ लम्साल, रविलाल पोख्रेल, रामप्रसाद भण्डारी, महिला संजालकी अध्यक्ष टेकन शोभा गुरुङ, माछापुच्छ्रे गाविस वडा नं ४ का आश कुमार गुरुङ, कृष्ण वहादुर भुजेल, नेकपा एमाले रिवान गाविसका अध्यक्ष जुम वाहदुर गुरुङ, अन्नपुर्ण संरक्षण क्षेत्र घाचोकका अध्यक्ष केशवराज के.सी लगाएत स्थानिय वासीन्दाहरुले जिवीस र गाविसवाट प्राप्त सेवा प्रवाह र विकास निर्माणको बिषयमा जिज्ञासा राखेका थिए । स्थानियहरुले योजनाहरु आउंदा कुल तोकिएको रकम कटाउंदा उपभोक्ता समितीहरुलाई काम गर्न अप्ठेरो परको, जिविस र गाविसमा काम गर्दा एकरुपता नभएको सामजिक सुरक्षा भत्ता समयमा उपलव्ध नभएको, कृषि सेवा केन्द्र र पशु सेवा कार्यलयले प्रभावकारी काम गर्न नसकेको सार्वजिनक सुनवाई भएपनि त्यसको नतिजा प्रष्ट रुपमा नआएको लगाएत जिविस कास्कीमा कार्यरत कर्मचारीहरु आफ्नो कार्यकक्षमा नभेटिएको भनि खुलेर चर्को विरोध गरेका थिए । स्थानियको जिज्ञासालाई मेट्दै निमित्त स्थानिय विकास अधिकारी एवंम जिल्ला प्रमुख ईन्जिनीयर नारयण प्रसाद श्रेष्ठले आगामी दिनमा यस्ता क्रियाकलापलाई निरुत्साहीत गर्दे सक्रिय भई जनताको सेवामा लागि पर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो । त्यस्तै सामजिक विकास अधिकृत अर्जुन न्यौपानेले कहीं कतै जनताका काममा ढिला सुस्ती भए आफुलाई जानकारी गराउने र त्यस्ता गतिवीधी गर्ने जो कोहिलाई पनि कडा भन्दा कडा कारवाहि गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!