महिला हिंसा विरुद्ध अभियानमै महिला कार्यलयद्धारा माफि

Posted on: 30 Nov, 2016

सुवास विसी/मङ्सिर १५, पाल्पा । विनु पुलामी मगरको घटनालाई लिएर मंगलबार महिलाहरुले नारा, ¥याली सहित महिला तथा बालबालिका कार्यालय पाल्पामा धर्ना दिएका छन् । महिला मार्न पाइदैन, महिला कार्यालय चाहिदैन, महिला हिंसा बन्द गर, हत्यारालाई कारवाही गर जस्ता नारा लगाउदै महिलाहरु महिला तथा बालबालिकाको कार्यालय पुगेका थिए ।

घरेलु हिंसामा परेकी विनुले गत भदौ ३१ गते महिला तथा बालबालिका कार्यालयमा मौखिक उजुरी दिएपनि महिला कार्यालयले सम्झाइ बुझाइ मात्र गरेर पठाएको र महिला कार्यालयले महिलाको हक अधिकारको बेवास्त गरेका भन्दै महिलाहरु आन्दोलित भएको बताएका छन् । 

विनुले उजुरी दिएपछि महिला तथा बालबालिका कार्यालयले प्रक्रिया अगाडि बढाएको भए यो उनलाई बचाउन सकिने आन्दोलनमासंगै रहेका भाइ भद्र बहादुर पुलामीले गुनासो गर्नुभयो ।

महिलाहरुले दिनभरी नारा सहित महिला तथा बालबालिकाको कार्यालयमा धर्ना दिएपछि कार्यालयले लिखित पत्र सहित माफी मागेको छ । महिला तथा बालबालिका कार्यालयकी कार्यालय प्रमुख तुल्सा अर्यालले विनुले भदौ ३१ गते मौखिक उजुरी ल्याएको र ५ दिनपछि आउन भनि सम्झाइ बुझाई गरेर पठाएको तर उनी पछि कार्यालयमा उजुरी लिएर नआएको बताउनुभयो । 

अर्यालले अबका दिनहरुमा यस्ता घटनामा संवेदनशील भएर काम गर्ने र दोहोरीन नदिनका लागि कार्यालयले सक्रीय भएर काम कारवाही अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यालय मार्फत अर्यालले विनु पुलामीको घटना प्रति दुःख व्यक्त गर्दै धर्ना बसेका महिलाहरु समक्ष लिखित तथा मौखिक रुपमा आम माफी माग्नु भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!