महिला हिंसा र त्यसको प्रभाव विषयक कार्यक्रम सम्पन्न

Posted on: 07 Mar, 2016

फागुन २४, पोखरा । चिल्डे«न–नेपालको आयोजनामा अन्तराष्ट्रिय नारी दिवस २०७२ को अवसरमा महिला

हिंसा र त्यसको प्रभाव तथा कानुनी व्यवस्था विषयक एक दिने अनुशिक्षण कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ ।

अनुशिक्षण कार्यक्रमलाई अधिवक्ता भुवन पराजुली काफ्ले, बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा, इसरत प्रविन (ढकाल), रमेश सुवेदी र महेन्द्र पौडेलले सहजिकरण गरेका थिए । कार्यक्रममा चिल्डे«न–नेपालले विद्यालय पढ्न सहयोग गरेका विपन्न परिवारका ८५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै चिल्डे«न–नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेल,संस्थाका सदस्य एवं नेपाल सरकारका पूर्व सह–सचिव भिमलाल गुरुङ्ग, बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा, लगायतले महिलाहरु माथि हुने हिंसा दुरव्यवहारलाई निरुत्साहित गर्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!