अनेमसंघ धितालको अध्यक्षमा बसन्ती सुवेदी

Posted on: 07 Mar, 2016

फागुन २४, पोखरा । अखिल नेपाल महिला संघ धितालको दोस्रो भेलाले बसन्ती सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी, सचिवमा लक्ष्मी गौतम, उपसचिवमा गीता अधिकारी, कोषाध्यक्ष दीपा ढुङ्गाना र सदस्यहरुमा गायत्री अधिकारी, चन्द्रकला परियार, लक्ष्मी गौतम, सीता दवाडी, पार्वती अधिकारी र टेकु भुजेल रहेका छन् ।

भेलामा प्रमुख अतिथि अनेमसंघका जिल्ला उपाध्यक्ष शुसीला पराजुलीले नेपालको संविधान २०७२ मा महिलाका हक अधिकारसम्बन्धी जानकारी गराउँदै संविधानको उपलब्धीको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आगामी स्थानीय निकायको चुनावमा ४० प्रतिशत महिलाहरु अनिवार्य सहभागिता रहने त्यसका लागि पार्टी र संगठनमा सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले धिताल गाविसका अध्यक्ष विष्णु प्रसाद अधिकारी, अनेमसंघ पूर्व जिल्ला समिति कास्की सदस्य तुलसी पौडेल, गाविस उपाध्यक्ष रुद्र बहादुर क्षेत्री, युवा संघ जिल्ला कमिटी सदस्य योगेन्द्र पौडेल, अनेरास्ववियू् जिल्ला कमिटी सदस्य अमिर गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विष्णुमाया अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य बसन्ती सुवेदी र कार्यक्रमको संचालन अनेमसंघ क्षेत्रीय सदस्य कृष्ण कुमारी दवाडीले् गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!