डा. केसीको समर्थनमा जिल्ला अस्प्ताल उदयपुरमा सेवा ठप्प

Posted on: 30 Nov, 2016


अजयकुमार साह/मङ्सिर १५, उदयपुर । १८ दिनदेखि आमरन अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा उदयपुरका चिकित्सक तथा कर्मचारीहरुले सेवा ठप्प पारेका छन् ।

डा. केसी अनसन बसेको १७ औं दिन वितिसक्दा पनि सम्बन्धीत निकायबाट कुनै ठोस कदम नआएको भन्दै उनीहरुले जिल्ला अस्पताल उदयपुरको इमर्जेन्सी बाहेकका सम्पूर्ण स्वस्थ्य सेवा ठप्पा पारेका हुन् ।

डा. केसीको जीवनरक्षाको माग गर्दै उनीहरुले त्यसका लागि जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने जनाएका छन् । 

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन लामो समयदेखि प्रयत्नरत त्रिभुवन विश्वविदालय शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा.केसीको समर्थनमा उदयपुरको यो पहिलो कदम हो । 


उनीहरुले अहिलेको दशौं पटकको आमरण अनसनमा बसेका डा. केसीप्रति पूर्ण समर्थन र ऐक्याबद्धता जनाएका छन् । 

उनीहरुले सेभ डा. केसी लेखेको प्लेकार्डसहित र्याली गरी डा. केसीको जिवनरक्षा तथा माग पुरा गर्न मागसहित प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!