गाबिस सचिव ६५ लाख लिएर फरार

Posted on: 30 Nov, 2016

प्रकाश बम/मङ्सिर १५, डोटी । डोटीमा एक जना गाबिस सचिव ६५ लाख लिएर  फरार भएका छन् ।  

जिजोडामाण्डौं र पोखरी गाविसका सचिव ईश्वर बहादुर सिंहले राष्ट्रिय बाणिज्य बैंकमा रहेका खाताबाट सामाजिक सुरक्षा तर्फको रकम  ३९ लाख र पुजिँगत तर्फको २६ लाख सहित  ६५ लाख रुपैँया हिनामिना गरेर फरार भएका छन् । 

सचिवले गाविसको रकम बिभिन्न मितिमा साटेको खुल्न आएको जिल्ला बिकास डोटीका आन्तरिक लेखा परीक्षक तथा छानविन टोलीका सदस्य टंक श्रेष्ठले जानकारी दिए ।  राष्ट्रिय बाणिज्य बैङ्कले गाबिसको पुजिँगत खाताबाट नियम बिपरीत सचिवलाई भुक्तानि दिएको पाईएको छ ।

दुबै गाबिसको छानबिनका लागी जिल्ला बिकास समितिले तीन सदस्यीय समिति गठन गरेको स्थानीय बिकास अधिकारी कृष्णप्रशाद गौतमले साझा सवाललाई जानकारी दिए ।

फरार सचिव सिंहले जिजोडामाण्डौंका स्थास्थ्यचौकी ईञ्चार्ज  सरस्वती बिष्ट र पोखरी स्थास्थ्यचौकी ईञ्चार्ज लक्ष्मण साउँदलाई झुक्यार पहिला नै चेकमा हस्ताक्षर गराएर रकम लिएर फराहर भएका रहेका छन् ।

डोटीको जिजोडामाण्डौं र पोखरी गाबिसका सचिब सिंहले ईञ्चार्जको हस्ताक्षर गराएर ६५ लाख हिनामिना गरेपछी संयुक्त जिल्ला स्वास्थ्य ट्रेड युनियन डोटीले प्रेस बिज्ञप्ती जारी गरेर अब देखि गाबिसका चेकमा हस्ताक्ष नगर्ने बताएका छन् ।  

यस भन्दा अगाडी धेरै जसो गाविसमा स्वास्थ्य चौकी ईञ्चार्ज र गाबिस सचिबको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन हुँदै आएको  थियो ।

फरार सविच सिँहलाई पोखरी स्थास्थ्यचौकी ईञ्चार्ज लक्ष्मण साउँदले जिल्लामा ल्याउदा समेत जिबिसका एक जना कर्मचारीले एउटा कागज बनाएर छोडेको स्वास्थ कर्मिहरुले आरोप लगाएका छन् । 

फरार गाविस सचिवलाई तत्काल कानुनको दायरामा ल्याउनु पर्ने स्वास्थ कर्मिहरुले जोडदार माग गरेका छन् । फरार सचिवको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!