विकास पत्रकारीता पुरस्कार पोखराका पत्रकार गिरीलाई

Posted on: 11 Mar, 2016

yakraj giri sammanitशिव न्यौपाने/फागुन २८, पोखरा । पत्रकार एकराज गिरी सम्मानित भएका छन् ।

जिल्ला विकास समिति कास्कीले आफनो २४ औ जिल्ला परिषदबाट पारित बजेट सार्वनीकीकरणमा गिरीलाई सम्मान गरेको हो । पोखरामा रहेर पत्रकारीताको क्षेत्रबाट कास्कीको समग्र विकासमा पुयाएको योगदानको उच्च मुल्याङक गदै उत्कृष्ट पत्रकार २०७२ बाट सम्मानित गरेको हो ।

पत्रकार गिरी विगत एक दशकदेखि पोखरामा रहेर सक्रिया पत्रकारीता गदै आएका छन् । उनी काठमाडौबाट पत्रकाशित हुने नेपालकै जेठो पत्रिका गोरखापत्र दैनिकमा लेखनाथ समाचारदाताका रुपमा कायरत छन भने सफल न्यूज डट.कम अलनाइन समेत संचालन गदै आएका छन् । त्यस्तै उनी पोखराबाट प्रकाशित हुने पोखरा हटलाइन दैनिकमा समेत आवद्ध छन् ।

विहिबार जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं शहकारी तथा गरिवी निवारणमन्त्री चित्रबहादुर केसी, कास्कीका निमित्त स्थानिय विकास अधिकारी नारायणप्रसाद श्रेष्ठले सम्मानपत्र, खादा र अविर लगाएर सम्मान गरे । कार्यक्रममा उत्कृष्ट पर्यटन ब्यवसायी पुरस्कारबाट पर्यटन ब्यवसायी गणेशबहादुर भटराई र संघसस्था तर्फ कोपिला नेपालाई सम्मान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!