गण्डकी मेडिकल कलेज नवाै बर्षमा प्रबेश

Posted on: 11 Mar, 2016

शिव न्याैपाने/फागुन २८, पाेखरा । पोखरा–९ पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि आजदेखि नवौ वर्षमा प्रवेश गर्र्दैछ ।

विभिन्न तहको आवश्यक चिकित्सा तथा स्वास्थ्य विज्ञान शिक्षा प्रदान गर्ने लक्ष्य लिएको सो प्रा.लिले नवौ वर्षमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरेको छ ।

आठौ वार्षिकोत्सवका अवसरमा अस्पतालले आज लेखनाथस्थित मेडिकल कलेजमा विविध कार्यक्रम गर्दैछ । विविध कार्यक्रम अन्तर्गत अस्पताल सरसफाई, सास्कृतिक कार्यक्रम र विद्यार्थीहरुलाई सम्मान गरिने जनाइएको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालले फागुन २८ देखि ७ दिनका लागि ओ.पि.डी रजिष्ट्रेशन शुल्क तथा जनरल बेड शुल्क निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा अस्पतालले हिजो सहारा क्लबसँग मैत्रीपुर्ण फुटबल प्रतियोगिता पनि गरेको थियो । कलेजले यसै शैक्षिक बर्ष देखि एमबिबिएस बाहेक बिएस्सी नर्सिङ, बिपिएच् बिएस्सी एमएलटी तथा विएस्सी एमआईटीका शैक्षिक कार्यक्रम थप गरी पठन पाठन शुरु भएको छ । कलेजले नयाँ शैक्षिक कार्यक्रम अन्तर्गत आगामी शैक्षिक सत्रदेखि विडिएस, विएस्सी नर्सिङ विएनएस, वि – फर्मा, विएमआईटी, विएमएलटी लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको छ ।

अस्पतालले आउँदो चैत महिनादेखि एक दशमलब पाँच टेल्साको एमआरआई सेवा समेत शुरु गर्ने कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!