सात दिवसीय श्रीमद् भगवद्गीता ज्ञान महायज्ञ सुरु

Posted on: 11 Mar, 2016

फागुन २८, पाेखरा । सांसद एवं संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले  भौतिकता सँगसँगै आध्यात्मिक ज्ञानको पनि आवश्यकता हुने बताउँदै चिन्तनको माध्यमबाट नै मानवले सच्चा शान्ति प्राप्त गर्न सक्ने बताउनुभयो ।

संस्थाकी निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदीले मानवको व्यक्तित्वको उचाई पद, मान, सम्मानबाट नभई बिचारको माध्यमबाट हुने भएकाले गीता ज्ञान सबै मानव आत्माको स्व व्यवस्थापनको विद्या भएको बताउनुभयो । कार्यक्रम सफल वनाउन हिजो  मोटरसाइकल तथा  कलश यात्रा समेत गरीएको थियो । महायज्ञ चैत्र ३ गतेसम्म सञ्चालन हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!