मोदीबेणीका बृद्धाहरुलाई ३० हजार बराबरको न्यानो कपडा

Posted on: 01 Dec, 2016

मंसिर १६ पर्वत ।  चिसो मौसम शुरुभएसँगै सवैले आआफ्नो लागि र परिवारको लागि तातो र न्यायो कपडाको जोहो गरिसकेका छन् । हुनेले दुइ चार जोर नयाँ तातो कपडा किनेका छन् भने नहुनेले पनि          पुरानै तातो लुगा कपडा लगाउएर भएपनि जाडोबाट बच्नको लागि तयारी गरिरहेका छन् ।
    मोदीवेणी धाममा रहेका बृद्धाहरुसँग भने न त नयाँ तातो न्यानो कपडा जोहो गर्ने खर्चनै छ न त पुरानै बाक्ला र न्याना कपडानै
 जाडो कसरी फाल्ने भन्ने पीरले सताइरहेको बेलामा एकता युवा क्लबकी उपाध्यक्ष मैना गुरुङले भने बृद्धबृद्धाहरुको जाडोलाई न्यानो बनाउने काम गरेकी छिन् ।  गुरूङले आफ्नी आमाको स्मृतिमा मोदीबेणी दिव्यधाममा  रहेका  १५ जना बृद्द आमाहरूकोलागी ३० हजार बराबरको न्यानो ओछ्यान हस्तान्त्रण      गरेकी हुन् ।
    आफ्नो आमा लामो समयदेखी बिरामी परी बस्दा मोदीबेणी जाने ईच्छा गरेकोे तर त्यो ईच्छा  पूरा नसकेकोले आमाको सम्झनामा आफुले मोदीबेणी धाममा रहेका बृद्धाहरुलाई जाडोको लागि न्यानो कपडा हस्तान्तरण गरेको बताईन । उनले बृद्धाहरुको लागि डसना, कम्मल लगायतका समाग्री एक कार्यक्रमका विच हस्तान्तरण गरेकी हुन् ।
    कार्यक्रममा प्रमुख अतिथि क्लवका संस्थापक सल्लाहकार एबम शिक्षा बिद बसन्तबहादुर सि.केले जाडोमा बृद्द आमाहरूलाई यसरी हयोग         गरेकोमा धन्यबाद दिदै क्लबका हरेक रचनात्मक कार्यमा सम्लङन हुन आग्रह गरे । उनले एकता क्लब जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रर्वद्धन र विकासको लागि मात्रै नभई शैक्षिक तथा मानविय साहयेता समेत गर्दै आएको बताउँ दै आगामी दिनमा पनि क्लबले यस्तै रचनात्मक क्रियाकलाप गर्नेमा आफु  विश्वस्त रहेको बताए ।
    मोदीबेणी दिब्य धामका अध्यक्ष गोपालदास बैरागी, क्लवका संस्थापक सल्लाहकार समाजसेबी कमलनाथ पोख्रेल लगायलते शुभकामना  मन्तव्य राखेका थिए ।
    जिबिस उर्जा अधिकृत तथा क्लबका सदस्य मन्जु सिलाकार,मानब अधिकार संगठन पर्बतका अध्यक्ष हरीनारायण रेग्मी ,उवासंघका सदस्य राजु पौडेल दिब्यधाम समितिका सदस्य पदाधिकारी क्लबका संस्थापक अध्यक्ष बिक्रम केसी लगायतका सहभागीता रहेको थियो ।
    क्लबका अध्यक्ष अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिब गोकुल चापागाईले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!