दुर्गामी महत्व राख्ने योजना अघि सार्न जिविसलाइ सुझाव

Posted on: 01 Dec, 2016

नन्दराम जैशी, मंसिर १६, जुम्ला । दुर्गामी महत्व राख्ने योजनाहरु अघि सार्न जुम्लावासीले जिल्ला विकास समितिलाई सुझाव दिएका छन् । कनिका छराइ बजेटबाट जुम्लाको विकास नहुने भन्दै उनिहरुले महत्वकांक्षी योजना अघि सार्न जिविसलाइ सुझाव दिएका हुन् । आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि पूर्व योजना तर्जुमा तयारी गोष्ठिका सहभागिहरुले यस्तो बताएका थिए । परिषदका १४ चरण मध्ये ३ चरण अन्तर्गत बुधबार आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि पूर्व योजना तर्जुमा तयारी गोष्ठिको आयोजना गरिएको थियो ।   

गोष्ठिमा बाल्दै स्थानीय विकास अधिकारी हरिनारायण वेलबासेले समुदायलाई लक्षित गरि योजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । काम गर्दे जाँदा गल्ती हुने भएकाले सजग गराउन आग्रह गर्दे उहाँले असारमा हुने विकासले गति लिन नसक्ने बिचार राख्नु भयो । गाउँ परिषद हुँदै जिल्ला परिषद सम्म आईपुग्दा योजनाको चाँक लाग्ने भन्दै वेलबासेले सिमित रकमले सबै योजना सम्पन्न हुन नसक्ने बताउनु भयो ः

त्यस्तै रेडियो कर्णालीका स्टेशन म्योनजर गोर्खवहादुर थापाले जुम्लाको विकासका लागि दुर्गामी योजनाले मात्र विकासको फड्को मार्न सक्ने धारणा राख्नु भएको थियो । जुम्लामा नमुनाको योजना तथा कार्यक्रम नभएको उल्लेख गर्दे उहाँले बजेट सकाउनको लागि मात्र छलफल गर्न अर्थ नहुने जिकिर गर्नु भयो । यसैगरि, गैर सरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जिल्लाको विकासको लागि स्पष्ट खाँका नभएको बताउनु भयो । 

सबैलाई चित्त बुझाउने हिसाबले योजना वितरण गर्दा खोजे जतिको प्रतिफल हात नलाग्ने उहाँको भनाइ छ । पाण्डेका अनुसार विगत वर्षमा संचालन भएका योजनाको समिक्षा गर्दे आगामि वर्षको लागि निती तथा कार्यक्रम प्रस्ताव गर्नु पर्ने बिचार राख्नु भयो । पूर्व योजना तर्जुमा तयारी गोष्ठिको सहजिकरण गर्दे जिल्ला विकास समिति जुम्लाका वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रवहादुर बुढथापाले जिल्लाको विकासको लागि सबैले रचनात्मक सहयोग गर्नु पर्ने बताउनु भयो । 

आगामि आर्थिक वर्षका लागि जुम्लाका २६ वटा गाविसमा चालु अनुदान तर्फ ७ करोड ५० लाख प्रस्ताव गरिएको बताउनु भयो । यस्तै जिल्ला विकास समिति जुम्लाको लागि चालु अनुदानतर्फ ४ करोड ३२ लाख १४ हजार प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । बुढथापाका अनुसार गाउँ परिषद गर्दा वडा भेला गराई गाउँ स्तरमा गठन भएका वडा नागरिक मंच मार्फत बस्ती र टोलबाट प्राथमिकताका आधारमा योजना छनौट गर्नु पर्ने बताउनु भयो ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!