तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

Posted on: 01 Dec, 2016

प्रकाश धौलाकोटी, मंसिर १६, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ घुर्बिसेमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मुत्यु भएको छन् भने दुई जना घाइते भएका छन् । संखुवासभाको पाँचपोखरी देखि तेह्रथुमको बसन्तपुरतर्फ आईरहेको मे.१ त. १८८० नम्बर ट्याक्टर गएराति दुर्घटना हुँदा ४८ वर्षीय रुपमिना नेम्बाङ लिम्बुकोे ज्यान गएको होे । ट्याक्टर अत्यधिक गतिमा रहेको र एक्कासी ब्रेक फेल भई पल्टिँदा लिम्बुको घटनास्थल मै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भिमबहादुर कटुवालले जानकारी दिनुभयो । 

ट्याक्टर सडक बाट ६० मिटर तल खसेको छ । ट्याक्टर दुर्घटनाबाट घाईते भएका चालक र सहचालकलाई उपचारकालागि धरानस्थि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरान पठाईएको छ । मृतक लिम्बुको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!