रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन

Posted on: 11 Mar, 2016

फल्गुन २८, पोखरा । परोपकार सर्वेश्वर नारी समुह पोखरा ४ गैरापाटनको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १०६ औं नारी दिवसको अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ । महिला तथा बालबालीका सेवा केन्द्रका प्रहरी निरिक्षक चन्द्रा गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न महिला तथा दुई जना दृष्टीविहिनहरुले समेत रत्तदानन गर्नुभएको बताइएको छ ।

kaski

रत्तदान जिवन दान, जिवन दान महादान भन्ने मुख्य उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा परोपकार सर्वेश्वर नारी समुहका अध्यक्ष भगवति कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा व्यवस्थापन समितिका अध्यक्ष रामनाथ अधिकारी, रेडक्रस सोसाइटी उपसाखा ४ का सभापति इन्द्रा कुमारी अधिकारी, नविन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष ज्ञाहेन्द्रश्वर कोइरालाले नारी समुहले आगामी दिनमा अझ महिलाहरुलाई चेतना अभिवृद्धि गर्ने खालको कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयो । परोपकार सर्वेश्वर नारी समुहका अध्यक्ष कोइरालाको अध्यक्षयतामा भएको कार्यक्रमको संचालन सचिव अम्विका कोइरालाले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!