पोखरा–१६ मा अपाङ्ग सरोकार समिति गठन

Posted on: 11 Mar, 2016

पोखरा २८ फागुन । पोखरा–१६ मा अपाङ्गता भएका व्यक्तिहरुको भेलाले शारदा तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय सरोकार समिति गठन गरेको छ ।

वडा सचिव एक ब. बस्नेतको अध्यक्षतामा भएको भेलाले समितिको उपाध्यक्षमा अर्जुन कुवँर, सचिवमा वर्षा वानियाँ, कोषाध्यक्षमा कर्ण ब. गुरुङ्ग चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा फुलमाया परियार, भवरसिंह गुरुङ्ग, मालती परियार, विष्णुृकुमारी के.सी, शान्ती नेपाली, लिला ब. बस्नेत र लेख ब. नेपाली रहनुभएको छ ।

टोल विकाश संस्था समन्वय समितिका अध्यक्ष पुष्पराज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिबिआरएस का फिल्ड कोअर्डिनेटर योगमाया गुरुङ्ग, सामाजिक परिचालक मञ्जु नेपाली, मध्यपथ टोल विकाश संस्थाका अध्यक्ष मेहरमान थापा लगायतले अपाङ्गता भएका व्यक्तिहरुको हक र अधिकारका विषयमा चर्चा गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!