डडेल्धुराको कोटेली गावीसमा स्थानीय श्रोत –साधनमा महिलाहरुको पहुच बिषयक एक दिने तालीम

Posted on: 01 Dec, 2016

मदन ताम्राकार /१६ मंसिर कोटेली डडेल्धुरा । डडेल्धुराको कोटेली गावीसमा बिहिबार स्थानीय श्रोत–साधनमा महिलाहरुको पहुँच सम्बन्धी १ दिने अन्र्तक्रियात्मक कार्यक्रम गरिएको छ । महिला माथी हुने हिंसा न्युनीकरण गर्ने उद्धेश्यले कार्यक्रमको महिला मुक्ती समाज डडेल्धुराले आयोजना गरेको सहकर्मी मदन ताम्राकारले जानकारी दिएका छन । कार्यक्रममा महिला मुक्ती समाजले मात्र नभएर सम्पुर्ण राजनीतीक दलहरुले आ–आफ्नो ठाँउबाट महिला हिंसा न्युनीकरणमा सहयोग गर्नुपर्ने महिला मुक्ती समाज डडेल्धुराका सामाजीक परीचालीका जानकी खड्काले बताएकी छन ।  कार्यक्रममा राजनीतीक दलका प्रतीनीधी, महिला सञ्जालका सदस्य लगायत अन्य थुप्रै नागरिकहरुको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!