बालबिवाह बिरुद्ध बालिका सम्मेलन डोटीमा शुरु

Posted on: 03 Dec, 2016


प्रकाश बम/मंसिर १८, डोटी । बालविबाह बिरुद्ध डोटीमा शुक्रबार देखि बालिका सम्मेलन शुरु गरीएको छ । महिला तथा बालबालिकामाथि हुने हिँसा बिरुद्धको १६ दिने अभियानको अबसरमा शुक्रबार एक औपचारीका कार्यक्रमका बिच सिलगढीमा सम्मेलनको उद्धघाटन गरीएको हो ।

उद्धघाटन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै जिल्ला नायधिस नर नारायण पौडेले बाल बिवाहका मुद्धा जिल्लामा खासै नआएको बताए । मुद्धा नआए पनि वाल बिबाह न्युनिकरणका लागि सबैले लाग्नु पर्ने न्यायधिस पौडेलले बताए । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले यस्ता कार्यक्रम सदरमुकाम मुखि नभएर गाउँ मुखि हुनु पर्नेमा जोड दिएका थिए । बाल बिबाह बिरुद्धका घटनालाई  अब कसैले प्रसय दिन खाजे स्वयम ब्यक्ति नै कानुनको दायरामा फस्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सोहि कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी कृष्ण प्रसाद गौतमले बाल बिवाह हुनु नै प्रगतिको मुख्य बाधक भएको बताए । 

वालिका सम्मेलनले बालविबाह न्यूनिकरण गर्नका लागि केहि सहयोग पुग्ने महिला तथा वाल बालिका कार्यलय डोटीका प्रमुख निर्मला दाहलले बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष मिन बमले बाल बिवाह घटनाहरु बाहिर आए पनि सम्बन्धित निकायले दर्ता नगरी मिलोमतो गरेर पठाउने गरेको गुनासो पोख्नु भयो । 


महिला तथा बालबालिका बिभाग सँगको सहकार्यमा हाल नेपालका दुई जिल्ला कपिलवस्तु र डोटीमा यो कार्यक्रमम भएकाले यसले वाल बिबाह निर्मुल गर्न यस जिल्लालाई ठुलो मदत पुग्ने युवालयका अध्यक्ष संजोक ठकुरीले बताए । 

‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ शुक्रबार देखि शुरु गरीएको सम्मेलन तिन दिनसम्म जिल्लाको सदरमुकाम सिलगढीमा चल्ने छ । सम्मेलनको अबसरमा जिल्लामा सडक नाटक,फुटबल, कबिता,साँस्कृतिक कार्यक्रम,बाल विवाह बिरुद्धको वृतचित्र प्रर्दशनि लगाएका कार्यक्रमहरु गरीने आयोजकले जनाएको छ ।

महिला तथा बालबालिका कार्यलय डोटीको आयोजना, सामुदायिक विकास केन्द्र र युवालयको समन्वय तथा युनिसेफ,युके आईडिको सहयोग तथा बिभिन्न दातृ निकायहरुको सहयोगमा  सम्मेलन शुरु गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!