नेपाफ बार एशाेसिएसनकाे निवार्चनका लागि प्रचार प्रसार समिति गठन

Posted on: 15 Mar, 2016

शिव न्या‌ैपाने/चैत २, पाेखरा । नेपाल बार एशोसिएसनको आसन्न केन्द्रिय निर्वाचनका लागी हिजो बसेको निर्वाचन प्रचार प्रसार समिति कास्कीको बैठकले बिभिन्न कार्यका लागी चुनाबी तयारी उपसमिति गठन गरीएको निर्वाचन संयोजक अधिबक्ता हरी सुबेदीले जानकारी दिनुभयो ।

जस अनुसार हरी सुबेदीको संयोजकत्वमा छ सदस्यीय मतदाता सम्र्पक समिति, शिबबहादुर सुनारको संयोजकत्वमा स्वयंसेबक परीचालन समिति र कल्पना भण्डारीको संयोजकत्वमा अर्थ संकलन समिति बनाइएको छ ।

यस्तै कमल प्रसाद अर्यालको संयोजकत्वमा मतदान केन्द्र ब्यबस्थापन समिति, ब्याच तथा ब्यानर ब्यबस्थापन समिति, संचार तथा प्रचार उपसमिति संयोजकमा अधिबक्ता बिष्णु अधिकारी, यातायात ब्यबस्थापन संयोजकमा हेमराज बराल समेत ६ सय १ सदस्यीय निर्वाचन परीचालन समिति गठन गरीएको जिल्ला निर्वाचन संयोजक हरी सुबेदीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!