“विन्ती गरेनी” लोक गीतको छायाङकन कुश्मामा सम्पन्न

Posted on: 03 Dec, 2016


मंसिर १८ पर्वत ।विमलराज क्षेत्रीको लोक गित विन्ती गरेनीको छायाङकन कुश्मामा सम्पन्न भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको आपसमा उक्त लोक गितको छायाँङकन भएको      हो ।
    पर्वत जिल्लामा रहेका पर्यटकीय स्थल नेपालकै लामा र अग्ला तीन पुल, यान्त्रिक पुल तथा गुफा तथा अन्य आसपासका क्षेत्रहरुलाई पर्दामा उतारिएको पश्चिमाञ्चल कला मंचले जनाएको छ ।
    छायाङकन समापन गरेको उक्त गीत अबको केहि समयमानै बजारमा आउने जनाइएको छ । मंचले शुक्रबार एक कार्यक्रमको आयोजना गरी लोक गीतका मोडल कृति भट्टराई र दिपक भुषाललाई सम्मान गरी विदाई गरेको छ ।
    कलाकार तथा युवा समाजसेवी शंकर गिरीको आथित्यतामा भएको कार्यक्रममा बोल्दै गिरीले पश्चिमाञ्चल नेपाल कला मंचले उत्कृष्ण काम गर्दै आइरहेको  बताए ।
    समाजमा भएका कुरिती, कुसंस्कार अन्त्य गर्नको लागि हास्य टेलिश्रीङ्खला निर्माण देखि जिल्लाको धार्मिक तथा पर्यटकीय विकास गर्नको लागि गीतको छायाङकन पर्वतमा नै  गरी जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पु¥याएको बताए ।
    कार्यक्रममा उनले कला मंचको कामको प्रशंसा मात्रै नगरी आगामी दिनमा  सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
    विमलराज क्षेत्रीको लोक गित विन्ती गरेनीको छायाङकन कुश्मा बजार आसपासमा गरिएको छ भने त्यसमा क्यामेरा सुमन सेन्चु्री र निर्देशक किसान विसिले गरेका छन् । उक्त गित समसामयिक र विरही खाले रहेको मंचलले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!