सवारी ज्यान र सार्वजाकि मुद्धाका फरार अभियुत्त पक्राउ

Posted on: 03 Dec, 2016

मंसिर १८ पर्वत । जिल्ला    प्रहरी कार्यालय पर्वतले सवारी ज्यान मुद्धा र केहि सार्वजाकि अपराधमा फरार अभियुत्तलाई पक्राउ गरेको छ । प्ररहीको टोलीले कुनपा १५ पिपलटारीका झकबहादुर नेपालीलाई विहिबार पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । सवारी ज्यान मुद्धामा विकलाई सुनसरी जिल्ला अदालतले १ बर्ष ११ महिना २ दिन र जिल्ला अदालत पर्वतले सार्वजानिक अपराध अन्तरगत ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतले फैसला सुनाएता पनि उनी अझसम्म फरार थिए । जिल्ला प्रहरी कार्यालयको फरार अभियुक्त पक्राउ अभियान अन्तरगत उनलाई पक्राउ गरीएको हो । हालसम्म जिल्ला अदालत पर्वतले विभिन्न शीर्षकमा दोषी ठहर गरेका ३ सय भन्दा बढी फरार रहेका छन् ।
    जसमध्ये सवैभन्दा बढी सार्वजानिक मुद्धाका रहेका छन् । जिल्ला अदालत पर्वतले विभिन्न अपराधमा दोषि ठहर गरेका २६० जना भन्दा बढी अझै फरार छन् जसमध्येबाट ६६३ बर्ष ३ महिना १८ दिन कैद भुक्तानी हुन बाँकी    रहेको छ ।
     गत आवबाट    जिम्मेवारी सरी आएको ७०८ बर्ष २ महिना १८ दिनमा यस बर्ष अदालतले. ४५ बर्ष ११ महिना १५ दिन फस्यौट गरेको छ  । यस बर्षको पहिलो चौमासिक अन्तरगत ४१ बर्ष ९ महिना ५ दिन कैदको सजाय फैसला सुनाएको थियो जसमध्ये ४० बर्ष ८ महिना २० दिन अझै बाँकी रहेको छ । जिम्मेवारी सरी आएको कैदी सजाय भुम्तानी अन्तरगत ६६२ बर्ष ३ महिना ३ दिन र यस बर्षको बाँकी १ बर्ष १५ दिन गरी ६६३ बर्ष ३ महिना १८ दिन कैद सजाय भुक्तानी हुन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!